चितवन । धानमा राख्ने युरिया मल पाउने आशले कोरोना कहरमा पनि किसानहरु भीडभाडमा घण्टौं पालो कुरेर बस्न बाध्य छन् । भरतपुर महानगरपालिका–६ गीतानगरमा बुधबार बिहानैदेखि भीडभाड थियो । सर्वोदय बहुउद्देश्यीय सहकारीले १२० बोरा युरिया मल बाँड्दै थियो । मल लिन एक हजारभन्दा धेरै स्थानीय बिहान तीन बजेबाटै लाइन लागेका थिए ।

 

सहकारीले एक जनालाई १० केजीको दरले मल बाँड्यो । ६ सय जनाले मल पाए । अरु रित्तै फर्किए । चितवनमा निषेधाज्ञा छ । भेला, जमघट र हिँडडुल गर्न बन्देज छ । तर कोरोनाको जोखिम मोलेर लामबद्ध भएका किसानहरुमध्ये धेरैले मल नै पाएनन् । पाएकाहरुले पनि आवश्यकताभन्दा एकदम न्यून पाए । सहकारीका सचिव होमनाथ अधिकारी कम्तीमा तीन चार हजार बोरा मल आवश्यक पर्ने बेलामा सय बोरा मल आएको बताउँछन् । यसले गर्दा आफुहरुको नै मन खिन्न भएको उनको गुनासो छ ।

भीडलाई मिलाउँन प्रहरी लाठी बोकेर बसेका थिए । उनीहरुले भीड थाम्नै सकेका थिएनन् । एक बृद्ध किसानलाई लाईन मिलाउँदै गर्दा प्रहरीले लाठी उझ्याए । उनले हात जोड्दै भने सरकार म कोरोनाले मरे मरौँला तिमीलाई नै भात ख्वाउँन धानमा हाल्ने मल लिन आएको हुँ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु