काठमाडौ । राम्रोसँग एकछाक खाना पनि नखाई जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि देशको राजधानीमा घिनलाग्दो व्यवहार गरिएको छ । बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको जात्राका क्रममा एकजना ट्राफिक प्रहरी जवानलाई एक भीडले गरेको हर्कतको भिडियो सामाजिक सञ्‍जालमा भाइरल भएको छ । ति जवान कमलप्रसाद घिमिरे रहेको बताइएको छ । उनी ललितपुरको मंगलबजारमा ड्युटीमा खटिएका थिए ।

 

उनका अनुसार एकजना असई र उनी डाइभर्सनको ड्युटीमा खटिएका थिए । उता रथ तान्ने काम भइरहेको थियो । विवाद भएर अ श्रुग्यास र पानीका फोहोरा हा नेपछि भीड उनीहरुतर्फ आयो । त्यसपछि उनले इन्चार्जलाई यहाँ बस्नु हुँदैन भागौं भन्ने सल्लाह सुझाए । ललितपुरको अल्का अस्पतालमा उपचार गराइरहेका घिमिरेले भने, ‘मैले आज ड्युटीका लागि बाइक लगेको थिएँ । बाइक चढेर भाग्न खोज्दै थिएँ भीडले आएर समाइहाल्यो ।’

 

भीडले लगातार लात्ती मु क्का हा ने पनि केही स्थानीय युवाले आफूलाई जोगाएको उनले बताएका छन् । आफुले बाइक चलाउनका लागि लगाएको हेलमेटले पनि जोगाएको उनले जानकारी दिए । अस्पतालमा उनको ढाड र गर्दनको एक्स–रे गरियो भने टाउकोको स्क्यान गरिएको छ ।

 

जानकारी अनुसार उनमा सामान्य चोट देखिएको छ । तर वान्ता हुनसक्ने सम्भावना रहेकाले डाक्टरहरुले आज अब्जरभेसनमा बस्नुपर्छु भनेका छन् । उनी गत मंसिरदेखि मंगलबजारको ड्युटीमा छन् । उपत्यका ट्राफिक महाशाखाका एसएसपी भीम ढकाल लगायतले उनलाई अस्पतालमा भेट गरेका छन् । ड्युटीमा उनले प्रयोग गरेको ७२४२ नम्बरको सरकारी मोटरसाइकलमा पनि क्षति पुगेको छ ।

 

सम्बन्धित खबरहरु