चीनको वुहानबाट डिसेम्बर अन्तिमतिर सुरु भएको कोरोना भाइरस आज विश्वका धेरै देशमा महामारीको रुप लिँदै अगाडी बढी रहेको छ। संसारलाई नै अक्रान्त बनाइरहेको कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड-१९ को विश्वव्यापी प्रकोपले जनमानस बिचलित भएको छ। जनसमुदायमा यसको व्यापक असर त छ नै, अन्य रोग लागेका जस्तैः चिनी रोग, उच्च रक्तचाप, क्यान्सर आदि दीर्घ रोगीहरुमा कोभिड-१९ को प्रकोप अझ नराम्रो रुपमा देखिएको छ।

 

यस्तो असाधारण समयमा क्यान्सर रोगको उपचारमा संलग्न हामी स्वास्थकर्मिं जनशक्तिले अनेकौं चुनौतीहरु सामना गर्नु परिरहेको छ। हाल विश्वमा कोरोना भाइरस कोभिड-१९ को कारणले आठ लाख बढी मानिसले ज्यान गुमाइ सकेका छन।यो अझै रोकिने अबस्थामा छैन । नेपालमा पनि त्यसको असर विस्तारै बढदै अहिले महामारीको रूपमा अगाडी बढिरहेको छ।

 

 

कोरोना भाइरस फैलिएको सुरुवाती दिनमै नेपाल सरकारले महामारी नियन्त्रणका लागि सूक्ष्म तरिकाबाट तयारी गरिरहेको थियो। तर अब एस्तो तयारी ले नपुग्ने निस्चित छ।नयाँ खालको संक्रमण भएकोले त्रासको वातावरण भयो के गर्ने के नगर्ने अन्योल थियो। तर अब ढिलो भैसक्यो । देश को विभिन्न ठाउबाट क्यान्सरको बिरामी आउने अति जोखिम पुर्ण अस्पताल हो क्यान्सर अस्पताल भने नेपालको मध्यभाग त्यसमा पनि मेडिकल सिटी हो भरतपुर, तेसैले पनि कोभिड -19 को उच्च जोखिममा छ।

 

क्यान्सर दीर्घ रोग भएकोले क्यान्सरका बिरामीको रोग प्रतिरोध क्षमता कम हुने र कोभिड -19 ले क्यान्सर बिरामीलाई चाडो आक्रमण गर्न सक्छ। हामी नर्सहरु भनौ वा हामी स्वास्थकर्मी आफ्नो पेशागत प्रतिबद्धतामा अग्रपंक्तिमा रहेर सेवामा समर्पित भैरहेका छौ। बिरामी सङ सबैभन्दा बढी समय बिताउने भनेकै नर्सहरु हुन।कामको प्रक्रितिको कारणले गर्दा नै हामी संक्रमणको उच्च जोखिममा छौ। अग्रपंक्तिमा रहेर हामीले अनेकौ चुनौती सामना गर्न परिरहेको छ। तसर्थ संक्रमण पनि हामी नर्स र स्वास्थकर्मिमा बढी रहेकोे छ।

 

हालसम्म कुनै औषधीय उपचार र खोपको विकास नभएकाले यस रोगको संक्रमणको प्रकोपलाई घटाउन एक मात्र उपाय भनेको सामाजिक दूरी कायम गर्नु रहेको छ। तर हामी नर्स बिरामीलाई नछोइ सेवा गर्न सक्दैनौं।सेवामा त जुट्नु नैछ। सामाजिक दूरीको प्रभावकारी पालनाको लागि देशहरुले लकडाउन समेत गरेका छन्।रोगको धेरै प्रकोप भएका देशहरुमा हेर्दा यसले स्वास्थ्य क्षेत्रमा दिएको दबाब र बिस्वका ठुला रास्ट्रमा भएको स्वास्थ सामग्रीको अपर्याप्तता ज्यादै डरलाग्दा छन्।

 

अफ्ठ्यारा, समय लाग्ने र अध्यानुन्मोख निदानका उपाय, अग्रपंक्तिका सेवा प्रदायक हामीहरुलाई अत्यावश्यक सुरक्षा पोसाक र सामानको कमी, अस्पतालमा क्षमताको कमी, आइसियुको कमी आदि धेरै कारणले स्वास्थ्य क्षेत्र र अस्पताल एउटा युद्धभूमि र हामी स्वास्थ्यकर्मी कोभिड 19 सङ लडाइँ गर्ने लडाकु जस्तो अवस्था सिर्जना भएको छ।

 

स्वास्थ्यकर्मी हरु धमाधम सन्क्रमित भैरहेका छन।
हामी नर्स सर्टिफिकेट्को लागि मात्र नर्स बनेको नभै जस्तोसुकै अबस्थामा पनि बिचलित नभै बिरामीको सेवामा समर्पित हुन्छौं भनी हातले दियो समाइ कसम खाइ सेवामा प्रवेश गरेका हुन्छौ तर समाजमा धटेका बिभिन्न घटना जस्तै : डोटिमा स्वास्थ्यकर्मी बाटोमा हिड्दा कोरोना सर्छ भनेर स्वास्थ्यकर्मी ले भौतिक आक्रमण को सामना गर्नु पर्यो ।चितवनमा चिकित्सक को घरमा ब्यानर लगाउने प्रयास भयो ।बानेश्वरमा चिकित्सक स्वास्थ्यकर्मी बसेको होस्टेल घेर्ने काम भयो ।

स्वास्थ्य कर्मिलाइ बसेको घरमा डेरा छोडनलगाउने जस्ता गतिविधिले पेशा प्रती निरुत्साहित उत्पन्न भएको छ।
रोग केहो ?कसरी सर्छ? आहिले सम्म चेतनाको अभाव समाजमा बिद्ध्य्मान छ। जनचेतना बढाउनु पर्ने देखिन्छ।
स्वास्थ्य कर्मी पनि आफू सुरक्षित भएर काम गर्नु पर्ने देखिन्छ ।

 

धेरै स्वास्थ्य कर्मी संक्रमित हुन थालेको वर्तमान अवस्थामा सम्पुर्ण साथीहरुलाइ अनुरोध-

  •  मास्क भाइजर र पन्जा नलगाइ कुनै पनि बिरामी नजाच्ने वा केयर नगर्ने
  • एउटा बिरामी जाँची सके पछि वा केयर गरिसकेपछि पन्जा चेन्ज गर्ने नभएमा स्यानिटाइजर प्रयोग गर्ने ,मास्क लगाउन नछाड्ने
  •  पन्जा/स्यानिटाइजर नभएमा साबुन पानीले हात धुने!
  • चिया, खाजा/खाना सके सम्म घरमै खाने!
  • घरमै खाने अवस्था नभएमा सफा क्यान्टिनमा एक्लै गएर खाने साथि सङ जदा दुरीमा बसेर गफ नगरी खाने!
  • अस्पताल परिसर मा मास्क, भाइजर नखोल्ने!
  • अस्पतालमा प्रयोग गरेका कपडा चेन्ज गरेर मात्रै घर आउने!
  •  घर छिर्नु अघि वा छिर्ने बित्तिकै कसैलाइ नछोइ, हात मुख साबुन पानीले धुने! सकिन्छ भने नुहाउने!
  • लामो समय सम्म भेन्टिलेशन नभएको कोठामा मिटिङ नगर्ने!
  • बिरामी नभएको बेला मा वा प्रशासनिक काम गर्दा नि मास्क भाइजर प्रयोग गरि रहने!
    ( मुल मन्त्र- तपाईं को नजिक हुने जो नि इन्फेक्टेड हुन सक्छ! आफुले चिनेका जानेका जो कोहि नि मास्क भाइजार प्रयोग गरेका छैनन भने त्यस्तालाइ प्रयोग गर्न लगाउने! आफ्नो कोठामा मास्क भाइजर बिना कसैलाइ नि छिर्न नदिने!)
  •  यी कुरा प्रशासन सँग माग्ने र नभएमा आफै व्यवस्था गर्ने
  • ज्वरो, खोकी वा पखाला लागेमा छुट्टि लिने र १/२ दिनमा निको भएन भने पिसिआर दिने!

 

स्वास्थकर्मिहरु बिरामिको सेवा गर्दागर्दै संक्रमण हुन पुगेका हुनछन तर स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिनुपर्नेमा हमला गर्ने, कुटपिट गर्ने घरबाट निकाल्ने र बदनाम गरी संक्रमितको ट्याग भिराउनाले स्वास्थ्य कर्मीको मनोबल घट्नुका साथै डिप्रेसनमा जाने अवस्था आएको छ। संक्रमण र जटिलता निरन्तर बढिरहेको छ।

 

संक्रमितको उपचार अनि व्यवस्थापनमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मी कोभिड -19 बाट संक्रमित हुने घटना पनि अस्वाभाविक रूपमा बढिरहेको छ। नागरिकको जीवन रक्षाका लागि खटिएका स्वास्थ्यकर्मीहरू अर्थात् मानवीय सेवाका क्रममा संक्रमित हुन पुगेका स्वास्थ्यकर्मीमाथिको भेदभाव निकै चुनौतीपूर्ण छ। बिरामीको सेवामा लागिपरेका स्वास्थ्यकर्मी संक्रमित हँुदा स्वास्थ्यकर्मी स्वयंलाई त समस्या हुन्छ नै अन्य बिरामीलाई समेत समस्या भएको छ।

 

संविधानले ग्यारेन्टी गरेको मौलिक हक र अहिले महामारीको समयमा आफैंले प्रतिवद्धता गरेको स्वास्थ्यकर्मीको उपचारसहित जोखिम भत्ता र अन्य संक्रमितको उचित व्यवस्थापन हुनु पर्ने अहिलेको ट्ड्कारो आवस्यकता छ।

 

पालिकाहरुमा प्रशासनमा काम गर्ने कर्मचारीले कोरोना संक्रमणको समयमा कामको जोखिम भत्ता लिइरहेका छन्। तर वास्तविक जोखिम मोलेका स्वास्थ्य सेवा प्रवाहमा खट्ने स्वास्थ्यकर्मी ‘घर न घाटका’ बनेका छन्। अर्थात् न जनताको सद्भाव र माया नै पाएका छन न प्रोत्साहन भत्ता यस्ले हामी स्वास्थ्यकर्मिको मन बिचलित भएको छ।त्यस्मा पनि हामी नर्स 24 सै घन्टा बिरामीको सेवामा समर्पित हुनुपर्छ तर हाम्रो अवस्था सबल र सुन्दर छैन यस्को लागि रास्टिय स्वास्थ्य सेवा प्रणालि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नै नर्सको भुमिका ससक्त हुन जरुरी छ।

बिष्णु माया अधिकारी
सि. स्टाफ नर्स, बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल / सचिव, नर्सिङ संघ चितवन
भरतपुर चितवन

सम्बन्धित खबरहरु