काठमाडौं । उपत्यकाको रानीवनमा बबाल भएको छ । काठमाडौंको रानीवनमा स्थानीय युवाका दुई समूहबीच विवाद भएपछि तनाव भएको हो । जानकारी अनुसार हात हालाहालसम्म पुगेको उक्त घटनामा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति ढुंगेधारा र रानीवनका युवा समूहबीच भएको विवाद हात हालाहालको अवस्थामा पुगेको हो ।

 

 

प्रहरीका अनुसार ३० वर्षीय सुदीप रानामगर, २४ वर्षीय सुरज रानामगर, २७ वर्षीय नवराज रानामगर र सुरज थापामगर घाइते भएका छन् । घाइतेहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले झडपमा संलग्न दुई जनालाई नियन्त्रण लिएर थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

 

सम्बन्धित खबरहरु