काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै परीक्षा तालिका (रुटीन) सार्वजनिक गरको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबिबिएस र बिडिएसका विभिन्न तहको परीक्षाको तालिका प्रकाशित गरेको हो । भर्खरै जारी सूचनामा एमबिबिएस तेस्रो फेज, पाँचौ बर्ष सप्लिमेण्ट्री परीक्षाको तालिका प्रकाशित छ । यसैगरी एमबिबिएस दोस्रो फेज र बिडिएस तेस्रो बर्षको नियमित विद्यार्थीको परीक्षा तालिका प्रकाशित छ ।

आईओएमले प्रकाशित गरेको सूचनामा एमबिबिएस र बिडिएस दोस्रो बर्षको परीक्षा तालिकापनि प्रकाशित छ । यसैगरी एमबिबिएस चौथो बर्षको प्रयोगात्मक परीक्षाको रुटीन समेत सूचनामा सम्लग्न छ । सूचना तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

आईओएमको परीक्षा दिन २ हप्ता क्वारेन्टिन, अनिवार्य पीसीआर

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले परीक्षार्थीलाई क्वारेन्टिनमा राखेर र कोरोना संक्रमण परीक्षण गराएर पोस्ट ग्र्याजुएटको अन्तिम परीक्षा सञ्चालन गरेको थियो । अब ग्रर्याजुएटको परीक्षामापनि यही नियम लागू हुन सक्नेछ ।

 

आईओएमको परीक्षा नियन्त्रण महाशाखाले यसअघि नै परीक्षामा सहभागी हुने विद्यार्थीका लागि ५ बुँदे निर्देशन जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गरेपछि अनिवार्य होम क्वारेन्टिन वा आईओएमले तोकेको होटलमा क्वारेन्टिनमा बस्न भनेको थियो । होटल क्वारेन्टिनमा बस्नेहरुले दिनको २ हजार रुपैयाँ तिर्नुपर्नेछ । साउन ९ गते हुने भनिएको परीक्षामापनि एक हप्ताअघि अनिवार्य रुपमा पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरेर विद्यार्थी आउनु भनिएको थियो ।

 

पीसीआर परीक्षणका लागि सरकारले तोकेको कोरोना भाइरसको हटस्पटबाट आएकाले निशुल्क पाउनेछन् भने अरुले ५५ सय रुपैयाँ तिरेर जाँच गराउनुपर्नेछ । पीसीआर पोजेटिभ आएमा २ हप्ता क्वारेन्टिनमा बस्नुपर्नेछ र अहिलेको परीक्षामा सहभागी हुन पाउनेछैनन् । उनीहरु पछि हुने जाँचमा मात्र सहभागी हुन पाउनेछन् । सायद यो परीक्षामापनि यही सूचना लागु हुनेछ । हेर्नुहोस् सूचना

सम्बन्धित खबरहरु