चलचित्र ‘आगो’मा तत्कालिन नेकपा माओवादीले गरेको जनयुद्धको कथा समावेश गरिएको थियो । तर, यसको सिक्वेल ‘आगो २’मा भनेे बिषय फेरिएको छ ।

http://www.onlinekhabar.com/wp-content/uploads/2015/01/aago-2.jpg

मदन घिमिरेको निर्देशनमा बनेको यो चलचित्रले जनता र नेताको कथालाई उठान गरेको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार जनताले भोट दिएर सत्तामा पुर्‍याएका नेताले कसरी तिनै जनतालाई झुक्याइरहेका छन् भन्ने कथालाई चलचित्रले उठान गरेको छ ।

चलचित्रमा कलाकारद्धय गणेश गिरी र सारिका घिमिरेको प्रेमको कथालाई पनि समावेश गरिएको निर्देशक मदन घिमिरेले जानकारी दिए । उनले सबै बर्गका दर्शकका लागि चलचित्र बनाइएकाले पनि प्रेमको कथाले स्थान पाएको बताए ।

नेपाली चलचित्रमा लामो समय चर्चा पाएका कलाकार सुशिल क्षेत्रीले डरलाग्दो स्टन्ट चलचित्रमा गरेको बताइएको छ । ‘आगो’मा काम गरेपछि सुशिलको चर्चा झनै बढेको थियो । सुशिलले यो चलचित्रलाई आफ्नो दोश्रो चरणको करिअरको सुरुवात भनेका छन् ।

चलचित्र ‘आगो’को ‘माया बस्यो मुटुमा’ बोलको गीतलाई रिमेक गरेर यसमा राखिएकाले पनि दर्शक हलसम्म आउने विश्वास प्रस्तुतकर्ता किसान पोख्रेलले गरेका छन् । माघ ९ गतेबाट प्रदर्शनमा आउने ‘आगो २’ लाई राष्ट्रप्रेमको कथा भनिएको छ ।

सम्बन्धित खबरहरु