काठमाडौ । मानिसहरू बिहान उठेपछि खासै केही नखाई सीधै भात खाएर बस्छन् वा बाहिर निस्कन्छन् । तर यसो गर्दा पेटलाई नराम्रो असर पर्छ । पाचनतन्त्र सुस्त भएर पेटको रोग लाग्छ । त्यसैले भात खानुअघि खाली पेटमा उचित पोषण दिने खानेकुरा खानु स्वास्थ्यका लागि हितकर हुन्छ । यहाँ हामी बिहान के लिने भनी चर्चा गर्दैछौं ।

 

तुलसी
तुलसीमा भिटामिन, क्याल्सियम, आइरन तथा एन्टीअक्सिडेन्ट गुणहरू भरपूर हुन्छ । यसले शरीरलाई रोगबाट बचाइराख्न सहायता गर्छ । बिहान खाली पेट तुलसी राखेको पानी पिउँदा रोगप्रतिरोधक क्षमता बढाउन सहायता पुग्छ । मौसमी रुघाखोकीबाट पनि यसले राहत दिन्छ ।

कागती र मह
बिहान सधैं मनतातो पानीमा कागतीको रस र मह राखेर पिउँदा पाचनशक्ति बलियो हुन्छ । यसले रोगसँग लड्ने क्षमता बढाउँछ र तौल नियन्त्रण गर्न पनि सहायता गर्छ ।

ज्वानो
ज्वानोमा भएको पोषक तत्त्वले खानाको स्वाद बढाउँछ र पेटलाई तन्दुरुस्त राख्छ । बिहान खाली पेट ज्वानो राखेको पानी पिउँदा पेटको समस्याबाट मुक्ति पाइन्छ । यसमा भएको भिटामिन र मिनरलले मधुमेहको खतरा पनि घटाउँछ । अनि शरीरमा कोलेस्ट्रोल पनि कम हुन्छ । मुटु पनि स्वस्थ रहन्छ ।

ग्रीन टी
तौल बढेर समस्यामा परेकाहरूले बिहान खाली पेट ग्रीन टी सेवन गर्नुपर्छ । यसले तौल घटाउनुका साथै रोगप्रतिरोधक क्षमता पनि बढाउँछ ।

अमला
भिटामिन सीले भरपूर अमला सेवन गर्दा शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ । बिहान खाली पेट अमलाको जुस पिउँदा पाचनप्रणाली बलियो हुनुका साथै रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ ।

बदाम
रातभरि भिजाएर राखेको बदाम बिहान खाँदा शरीरलाई आवश्यक सबै तत्त्व सही मात्रामा प्राप्त हुन्छ । मन र मस्तिष्कलाई सही तरिकाले काम गर्न र स्फुर्ति बढाउन यसले मद्दत गर्छ ।

मेवा
कब्जियत वा पचान समस्या भएकाहरूलाई बिहान उठेर मेवा खाने सल्लाह दिइन्छ । यसले पाचन प्रणालीलाई बलियो बनाएर शरीरमा रहेको कोलेस्ट्रोल घटाउन सहायता गर्छ । मुटुलाई पनि यसले स्वस्थ राख्छ । एजेन्सी

सम्बन्धित खबरहरु