काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा लकडाउन थप गरिएको छ । दाङमा लकडाउन थप एक साता लम्बिएको हो । कोरोना संकट व्यवस्थापन केन्द्रको आइतबारको बैठकले भदौ २२ देखि २८ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

बैठकले हरेक दिन बिहान ६ देखि १२ बजेसम्म बजार खोल्न पाउने गरी लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । सार्वजनिक यातायातका साधन भने पूर्णरुपमा बन्द गरिएको छ ।

निजी सवारी साधन बिहान ६ देखि १२ बजेसम्म जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय भएको छ । बैंक तथा वित्तीय संस्थाहरु बिहान १० देखि १२ बजेसम्म खोल्न पाइनेछ । यसअघि भदौ १४ देखि गरिएको लकडाउन आइतबार राती १२ बजे सकिँदै थियो ।

सम्बन्धित खबरहरु