टेनिस खेलाडी जोकोभिच युएस ओपन खेल्न यसकारण अयोग्य

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २२ भदौ, २०७७

काठमाडौ । अनुशासनहीन कार्य गरेपछि विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपन खेल्न अयोग्य ठहरिएका छन् । उनले लाइन जजमाथि बलले हानेपछि अयोग्य ठहरिएका हुन् ।

 

गएराति स्पेनका पाब्लो कक्यारोनो बुस्टासँग पहिलो सेट खेलिरहँदा विचलित भएका जोकोभिचले आवेगमा आएर बललाई बेस्सरी पछाडितर्फ हानेका थिए । अकस्मात बलले लाइन जजलाई घाँटीमा लाग्यो । त्यसपछि लामो छलफलपछि उनलाई खेलबाट अयोग्य घोषित गरियो । उनले जित्ने रकम पनि नपाउने र उल्टै कारबाही भोग्नुपर्ने भएको छ ।

 

सर्बियाका जोकोभिच युएस ओपन जित्नसक्ने सम्भावित खेलाडीमा गनिएका थिए । उनी अयोग्य ठहरिएपछि अन्य प्रतिष्पर्धीहरुलाई लाभ पुगेको छ । ओपन

सम्बन्धित खबरहरु