काठमाडौ । सरकारले यस वर्षदेखि अन्तर्राष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस अगल अगल मनाउने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विगत वर्षहरुमा सेप्टेम्बर ८ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइदै आएकोमा यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवसलाई अलग्गै दिवसमा मनाउनका लागि प्रक्रिया अघि बढेको जनाएको छ ।

मन्त्रालयले भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवस सम्बन्धि कार्यक्रममा मात्र सञ्चालन गर्न निर्देशन दिनुका साथै राष्ट्रिय शिक्षा दिवस मनाइने दिन तथा कार्यक्रम तय भए पश्चात् जानकारी गराइने जनाएको छ ।

सम्बन्धित खबरहरु