“अरनिको टेलिभिजन” टिमलाई बधाई

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ३० पुस, २०७१

सातौं मिडिया कप फुटबलको आज भएको खेलमा आर्थिक अभियानलाई १-० गोलको अन्तरले हराउदैं अरनिको टेलिभिजन सेमिफाईनलमा पुगेको छ । खेलको ४५ औं मिनेटमा टिम क्याप्टेन विधान कार्कीले गरेको गोल नै निर्णायक बन्यो र अरनिको टि.भी. सेमिफाइनलमा पुग्न सफल भयो । खेल अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक बनेको थियो । गोल किपर जितेन्द्र न्यौपानेको आफ्नो खेलको कला प्रदर्शन गरेका छन् । उनले उक्त खेलमा आर्थिक अभियानको तर्फबाट हानेको ३ गोल लाई बचाएका थिए ।

आजै भएको अर्को चरणको खेलमा  समूह ‘ए’बाट कान्तिपुर ‘नीलो’ र समूह ‘बी’बाट इमेज च्यानल तथा समूह ‘सी’बाट अरनिको टेलिभिजन सेमिफाइनलमा पुगेको छ । समूह ‘सी’बाट जनसवाल दैनिकलाई बाहिरी खेलाडी खेलाएको आरोपमा ‘प्रोटेष्ट’ लागेपछि अरनिकोलाई फाइदा भएको हो ।उपविजेतामध्येको उत्कृष्ट एक टिममा पर्दै टीटिभीले पनि अन्तिम चारमा पुग्ने अवसर पाएको छ । सेमिफाइनलमा इमेज च्यानलको भिडन्त टीटिभीसँग तथा कान्तिपुर ‘नीलो’को भिडन्त अरनिको टेलिभिजनसँग हुनेछ । दुवै सेमिफाइनल खेल शुक्रबार च्यासल मैदानमा हुनेछन् ।

सम्बन्धित खबरहरु