काठमाडौं । सुतिरहेकी महिलाको मुखबाट चार फिट लामो सर्प निकालेको भिडियो सार्वजनिक भएको छ । सुतिरहेका बेला शरीरभित्र पसेको दाबी गरिएको छ । रसियाकी एक महिलाको मुखबाट चार फिटको सर्प निकालेको भिडियो सार्वजनिक भएपछि यसले व्यापक चर्चा बटुलिरहेको छ ।

 

डेली मेलले रिपोर्टलाई उद्धृत गर्दै महिला लेभासी गाउँमा रहेको दागेस्तेनस्थित आफ्नो घरको आँगनमा सुतिरहेका बेला उक्त सर्प उनको शरीरभित्र प्रवेश गरेको जानकारी दिएको छ । महिलाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । उनलाई जनरल एनेस्थेटिकमा राखिएको थियो ।

 

 

भिडियोमा देखिए अनुसार पञ्जा लगाएका पुरुष डाक्टरले ती महिलाको घाँटीमा ट्युब छिराएर सर्प निकालिरहेको स्पष्ट देख्न सकिन्छ । भिडियोमा एकजना डाक्टरले ‘हेरौं, यो के रहेछ’ भनेको सुन्न सकिन्छ ।महिलाको मुखबाट सर्प निस्कने बित्तिकै महिला स्वास्थ्यकर्मीले निकै डराएको भावसहित त्यो समात्छिन् । उनी आत्तिदै पछाडि सर्छिन् र महिलाको मुखबाट निकालिएको वस्तु सर्प भएको थाहा पाएपछि स्वास्थ्यकर्मी कराएको पनि सुन्न सकिन्छ ।

 

 

 

त्यसपछि उक्त सर्पलाई मेडिकल बकेटमा फ्याँकिन्छ । सर्प जिउँदो थियो वा त्यो महिलाको शरीरभित्र कति समयसम्म रह्यो भन्नेबारे जानकारी आएको छैन । स्थानीयका अनुसार यस्ता घटना बारम्बार भइरहने भएकोले त्यहाँका ज्येष्ठ नागरिकले युवा–युवतीलाई घर बाहिर नसुत्न सल्लाह दिने गर्छन् । ती महिलाको पहिचान खुलाइएको छैन ।

 

सम्बन्धित खबरहरु