काठमाडौं । अहिले विश्वभर एक हात्तीको चर्चा एकदम चुलिएको छ । जनावर अधिकर्मीहरुमाझ तातो बहसको विषय बनेको हात्तीलाई पाकिस्तानस्थित चिडियाघर छाड्ने अनुमति मिलेको छ । हात्तीको स्थानान्तरणका लागि लबिङ गरिरहेका समूहहरुले अब यसलाई राम्रो वातावरणमा लगेर राखिने बताएका छन् ।

 

‘विश्वको एक्लो हात्ती’ नाम दिइएको काभान ३५ वर्षभन्दा लामो समयदेखि राजधानी इस्लामावादस्थित मार्गहजर चिडियाखानाको साँघुरो क्षेत्रफलमा प्रताडित भएर बसेको थियो । फोर पाज जनावर संरक्षण संस्थाका प्रवक्ता मार्टिन बाउरकाअनुसार यस हात्तीलाई अन्ततः भ्रमणका लागि मेडिकल स्वीकृति मिलेको बताए । उनका अनुसार अब यसलाई सायद कम्बोडिया लगेर राम्रो वातावरणमा राखिनेछ । शुक्रबार चिडियाघरमै काभानको पूर्ण मेडिकल परीक्षण गरिएको बाउरले बताए ।

 

गत मेईमा पाकिस्तानको उच्च अदालतले मार्गहजर चिडियाखाना बन्द गर्न आदेश दिएको थियो । लापरवाहीका कारण चिडियाघरको अवस्था दर्दनाक बनेको भन्दै यस्तो आदेश दिइएको थियो । चिडियाघरको दयनीय अवस्थाबाट काभानको उद्धार गराउन विश्वभरका जनावर अभियन्ता सक्रिय थिए । शुक्रबारको स्वास्थ चेकजाँचमा यो हात्ती आवश्यकभन्दा धेरै मोटो भएको, कुपोषणको संकेत पनि देखिएको र उसका नङहरु भाँचिएको देखिएको थियो ।

 

सम्बन्धित खबरहरु