काठमाडौ । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धावारीकालाल चौधरीले लकडाउन र कर्फ्यूको बेला खान नपाएर कसैको मृत्यु भएमा प्रधानमन्त्रीलाई हतकडी लगाउनुपर्ने बताएका छन् । उनले संविधानमा खाद्य सम्प्रभूताको हक ग्यारेण्टी गरेको भन्दै कसैको भोकै मर्ने अवस्था सृजना भए प्रधानमन्त्री र आपूर्तीमन्त्रीलाई हतकडी लगाउनुपर्ने संविधानले व्यबस्था गरेको ब्याख्या गरे ।

 

 

एउटा छलफलमा मेयर चौधरीले सो कुरा बताएका हुन् । उनले खान नपाएर जनता समस्यामा परेको भन्दै यो पञ्चायतका जनता हैन, बहुदलकालको पनि जनता नभएको यो संघीय गणतन्त्रात्मक व्यबस्थाको जनता भएको बताए । लकडाउन र कर्फ्यू लगाएपनि सरकारले सबै नागरिकले खान दिनुपर्ने उनको भनाई छ । कसैले मुद्धा हालेको खण्डमा सरकारलाई मुद्धा लाग्ने उनको दावी छ । उनले बारम्बार आफुले बजेट माग्दा समेत सरकारले नदिएको गुनासो समेत गरे ।

 

यो भनेको पञ्चायतको जनता होईन, यो बहुदलकालको जनतापनि होइन, संघीय लोकतान्त्रिक गणतन्त्रको जनता हो । त्यसैले म भन्छु, ए सरकार तिमीले लकडाउन गर्यौँ, कर्फ्यू लगाएयौँ, रोजीरोटीपनि दिएनौँ, खान त देऊँ । खाद्य सम्प्रभूताको हक संविधानमा छ । कसैले मुद्धा दियो भने सरकारलाई मुद्धा लाग्छ । कोरोना भाइरसले मरेको भने त ठिकै छ, करेन्ट लागेर मरेको भएपनि ठिकै छ ।

 

पानीमा डुबेर मरेको, दुर्घटना भएर मरेको भएपनि त ठिकै छ । तर खान नपाएर मरेको मेडिकल रिपोर्ट पुष्टि भयो भने हतकडी प्रधानमन्त्रीलाई लगाउनुपर्छ । तपाईले लगाएको लकडाउनमा खान नपाएर मर्यो भने हतकडी आपूर्ती मन्त्रीलाई लगाउनुपर्छ उनले बारम्बार जोड दिए । उनले संघीय सरकारले पठाएको बजेटबाट खर्च गर्नसक्ने आधार अहिले स्थानीय सरकारलाई नदिएका कारण दोष प्रधानमन्त्रीकै हुने दावी गरे ।

 

छलफलमा धारणा राख्ने क्रममा चौधरीले प्रदेश सरकार र संघीय सरकारले स्थानीय सरकारलाई आवश्यक सहयोग समेत नगरेको गुनासो गरे । उनले अहिले टेष्ट गर्ने किटहरु नहुँदा क्वारेण्टिनमा भएकाहरुको समेत परीक्षण गर्न नसकिएको स्वीकार गरे । क्वारेण्टिनमा राख भनेर संघीय सरकारले भन्छ तर उनीहरुलाई घर पठाउँन किट र ल्याव दिएको छैन । क्वारेण्टिनमा खान दिनसक्ने बजेटपनि दिएको छैन । यस्तो अवस्थामा स्थानीय सरकारले केही गर्न नसकेको उनको स्वाकारोक्ति छ ।

बाँकी भिडियोमा हेर्नुहोस्

 

https://youtu.be/1gsLfANNIAA

सम्बन्धित खबरहरु