एजेन्सी । पछिल्लो समय असहज परिस्थितीको सामना गर्दै आएका चीन र भारतका सैनिकबीच पूर्वी लद्दाखमा दोहोरो फा'यरिङ भएको छ । दुवै देशका सैनिकले एकअर्कालाई सुरुमा फा'यरिङ गरेको आरोप लगाएका छन् । चिनियाँ सेनाले भारतले सुरुमा वास्तविक सीमा रेखा पार गर्दै धम्की स्वरूप फा'यरिङ गरेको आरोप लगाएको छ ।

 

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले स्थिति नियन्त्रणमा लिन चिनियाँ सेना पनि जवाफमा फा'यरिङ गरेको जनाएको छ । भारतीय सञ्चारमाध्यमले सन् १९७५ पछि सीमामा भारत र चीनका सैनिकबीच यो पहिलोप टक फा'यरिङ भएको दावी गरेका छन् ।

 

 

केही दिनअघि पनि लद्दाखमा दुई देशका सैनिकबीच झ डप भएको थियो । सो झ डपमा भएको क्षतिको विवरण दुबै देशले सार्वजनिक गरेका छैनन् । जुन महिनामा भएको भि डन्तमा २० भारतीय सैनिकको ज्यान गएको थियो । सीमा क्षेत्रमा शान्ति कायम गर्ने विषयमा दुई देशविच पटक पटक सहमति भएपनि त्यसको कार्यान्वयन भएको छैन ।

सम्बन्धित खबरहरु