काठमाडौ । घरमा एउटा तेजपत्ता बाल्नुहोस्, त्यसपछि साँच्चै देख्नुहुनेछ चमत्कार । तेजपत्तालाई विशेष गरि परिकारलाई स्वादिष्ट बनाउनको लागि प्रयोग गर्ने गरिन्छ । तेजपत्ता चिया देखि मासुका परिकार सम्ममा राख्न सकिन्छ । तेजपत्ताबाट आउने वासनाले परिकारलाई मीठो बनाइदिन्छ । तेजपत्तालाई खानेकुरामा मात्र नभएर अन्य तरिकाले पनि प्रयोग गर्न सकिन्छ ।

 

 

तेजपत्तालाई उमालेर त्यसको पानी पिउनाले विभिन्न रोगको औषधि समेत हुन्छ ।तेजपत्ता प्राचिन समयबाट नै विभिन्न तरिकाले प्रयोग हुँदै आएको छ । प्राचिन समयमा तेजपत्तालाई खाने मात्र होइन, घरमा बालेर पनि राख्ने गरिन्थ्यो । एउटा कचौरा या कुनै भाँडोमा राखेर तेजपत्तालाई बाल्दा त्यसले बत्तिको काम गर्नुका साथै घरमा मीठो वासना पनि फैलिन्छ ।

 

त्यो गर्दा घरमा लक्ष्मीको बास हुने । र घरमा सुख शान्ति र संबृद्धी फैलिने जनविश्वास रहेको छ । तपाईको घरमापनि नसोचेको लाभ लिन चाहानुहुन्छ भने आजै देखि गर्नुहोस् ।

सम्बन्धित खबरहरु