काठमाडौ । सिलिकन भ्याली अमेरिकामा कोरोना भाइरसपछि स्कूल र बच्चाको हेरचाहका लागि खोलिएका सेन्टरहरु बन्द भएका छन् । यो अभिभावकका लागि अप्ठेरो अवस्था भएको छ । यो अवस्थामा प्रविधि कम्पनीले कर्मचारीलाई सहयोग गर्ने नीति बनाएको छ । जुन कर्मचारीको बच्चा छन्, उनीहरुलाई धेरै समय र बिदा दिइएको छ । तर, जसको बच्चा छैनन् उनीहरुले भने यसको बिरोध गरेका छन् ।
फेसबुक र ट्वीटरमा असन्तुष्टि पोखेका छन् ।

 

फेसबुकको एक मिटिङमा यस्तो नीतिमाथि सवाल खडा गरिएको छ, जसमा अभिभावकलाईनै फाइदा हुन्छ । ट्वीटरमा मेसेज बोर्डमा विवाद देखा परेको छ । एक कर्मचारीको बच्चा छैन । उनले बच्चाको हेरचाहका लागि छुट्टि लिने अर्का कर्मचारीमाथि खनिएका छन् ।

 

कर्मचारिको गुनासो
सेल्ल फोर्स कम्पनीमा अभिभावकलाई ६ साताको छुट्टि दिइएको छ र यो अवधिमा उनीहरुलाई पुरै तलब पनि प्राप्त हुने छ । तर, अन्य २ कर्मचारीले यो विषयको बिरोध गरेको एक मेनेजरले बताए । बच्चा नभएका कर्मचारीले बच्चा भएका कर्मचारीलाई बिदा दिँइदा उनीहरुमाथि अन्याय भएको बताएका छन् । कयौ प्रविधि कम्पनीका यस्ता केही कर्मचारीका अनुसार यी नीतिहरुमा आफूलाई ध्यान नदिएको जस्तो उनीहरुलाई लागेको बच्चा नभएका कर्मचारीहरुले बताएका छन् ।

 

अर्कातिर यस्ता कर्मचारी पनि छन्, जो अभिभावक हुन्, उनीहरु भन्छन्,“जसको बच्चा छैनन् उनीहरुले यो कुरा बुभ्mदैनन् । काम र बच्चाबीचको सन्तुलन राख्न सजिलो छैन । शीशु स्याहार केन्द्र बन्द हुनाले ठूलै समस्या आएको छ । बच्चालाई घरमा पढाउनु पनि आवश्यक छ । ”

सम्बन्धित खबरहरु