काठमाडौं । दैबैले पनि खै के–के लेखेर पठाउछ ? ‘जसको कोही छैन, उसका लागि हामी’ भन्ने अभिप्रायले स्थापित एक दिन एक रुपैयाँ दान अभियानले यतिबेला प्रियंका बचाउ अभियान शुरु गरेको छ । विगत ८ बर्षदेखि कावासोति–१ लोकाहामा बस्दै आएकी उमाकला चापागाइकी १५ वर्षीया माइली छोरी प्रियंका चापागाइ यतिबेला न्युरो अस्पताल काठमाडौंमा मृत्युसँग लड्दैछिन् ।

 

परिवारका अनुसार हालसम्म ८ लाख ५० हजार खर्च भइसकेको छ । डाक्टरले प्रियंकाको थप उपचारमा १८ देखि २० लाख खर्च हुने बताएका छन् । यतिसम्मको खर्चपछि उनी बाच्न सक्ने बताएपछि आमा उमाकलाले आर्थिक सहयोगका लागि अपिल गरेकी हुन् । आर्थिक रुपमा बलियो नभएको यो परिवार अहिले छोरीको उपचार गर्न नपाउँदा तनावमा परेको छ ।

 

 

आमा स्वयमलाई विगत १० महिना अगाडि पाठेघरको क्यान्सर भइ ४ महिना क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइ आएकोकेही समयपछि छोरीमाथि देखिएको यस्तो समस्याले उनीहरु निकै दुःखी छन् । प्रियंकाका बुवा तिल प्रसाद चापागाइ कैदेशिक रोजगारमा विदेशमा छन् । उनले अहिलेसम्म कमाएको सबै पैसा श्रीमतीको उपचारमा र नियमित औषधि खर्चमा सकिएको बताएका छन् । कोरोना महामारीका कारण उनी ५ महिना देखि विनाकाम विदेशमा नै वस्न वाध्य भएका छन् । उनले छोरीको उपचारका लागि आर्थिक समस्या परेकाले भन्दै सबैसँग सहयोगका लागि अनुरोध गर्दै आएका छन् । चापागाइ परिवारको अवस्था निकै नै दयनीयनै रहेको बताइएको छ ।

 

तिल प्रसादका अनुसार उनको परिवारमा श्रीमती, ४ छोरी र १ छोरा गरी जम्मा ७ जना परिवार रहेको छ । तिल प्रसाद चापागाइको आयश्रोत तलब मात्र हो । उनका अनुसार सम्पत्तिको नाममा भएको, घर सहितको १ कट्ठा जग्गा रहेको छ । प्रियंका देबचुलि नगरपालिका–१० मा रहेको पृथ्वी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्यन गर्दै आएकी छिन् ।

 

 

आमा अनुसार प्रियंका ३५ दिन अगाडि उक्कासी आत्तिएपछि भरतपुर सामुदायिक अस्पताल ६ दिन र पुरानो मेडिकल कलेजमा १४ दिनको उपचारमा डाक्टरहरुले चेक जाँच गरेलगतै उनलाई मेनेजाइटिक्स अर्थात मष्तिष्कमा ज्वरो र मुटु कलेजोमा समस्या रहेको बताउँदै काठमाडौंको अन्नपूर्ण न्युरो अस्पताल पुर्याउन भनेका थिए ।

 

हाल उनलाई न्युरो अस्पतालमा उपचार भइरहेको छ । उपचार का लागि आर्थिक अभाब भएका कारणले उनको उपचारका लागि तन ,मन बाट आर्थिक सहयोग गर्न उनकी आमा उमाकला चापागाइले सबैसँग अनुरोध गर्नुभएको छ । उनले भनिन, ‘हजुरहरुको सानो सहयोगले मेरी छोरीको जीवन बच्न सक्छ ।’ आउनुहोस छोरीको जीवन रक्षाका लागि हातेमालो गरि आर्थिक सहयोग गरौँ भन्दै एक रुपैयाँ दान अभियान परिवारले अपिल गरेको छ । सहयोगका लागि सम्पर्क गर्ने तरिका निम्ननुसार रहेका छन् ।

सौगात भुसाल : 9857087230, 9814468075
eSewa Number : 9847413707
आमा (उमाकला चापागाइ) को सम्पर्क : 9821563980
Bank account Number : 00911200015264000001
उमाकला चापागाइ
कामना सेवा बिकास बैक,प्रगतिनगर

सम्बन्धित खबरहरु