भोजपुर । जिल्ला प्रहरीले कार्यालय भोजपुरले कु–टपि–ट गरी भाउजुको ह–त्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कु–टपि–ट ह–त्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।

गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कु–टपि–ट गरेको प्रहरीले जनाएको छ । कुटपिटपछि ढिलबाट हुत्याएर आफू घर आएको र बिहान हेर्दा घर छेउको सुँगुरको खोरमा केशरमाया मृत अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए ।

राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतकको लाशलाई परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु