काठमाडौं । के हुन्छ जब तपाँई सडक छेउमा एक लाश देख्नहुन्छ तर अचानक उक्त लाश उठ्छ ? सामान्य रुपमा यस्तो तपाँईले सपनामा वा कुनै चलचित्रहरुमा देख्नु भएको होला । सामान्य रुपमा हामीले लाश ठानेको मान्छे उठेको देखेका छैनौँ । तर सुन्दा मात्रै अनौँठो लाग्ने दृश्य अहिले बाहिर आएको छ । भारतको उत्तर प्रदेश राज्यको गाजियाबादबाट यस्तै एक घटना बाहिर आएको छ ।

यहाँ एक व्यक्ति फुटपाथमा आफ्नो पुरै शरीर ढाकेर लाशजस्तै निदाएका थिए । मध्य बिहान भैसक्दा पनि त्यस्तै देखिएपछि त्यहाँका स्थानीयहरुले प्रहरीलाई खबर गरे, सबैले बोरामा लाश राखेको अनुमान लगाए तर वास्तवमा ति व्यक्ति जिउँदै भएको खुल्न आयो । प्रहरी पनि आएर होहल्ला धेरै भएपछि जब ति व्यक्ति जुरुक उठे तब सबै चकित परेका हुन् । त्यहाँका स्थानीय पत्रकार सौरभ त्रिवेदीले ट्वीटरमा भिडियो राखेका छन् ।

सम्बन्धित खबरहरु