काठमाडौं । चर्चित बलिउड अभिनेता परेश रावललाई ठूलो सफलता मिलेको छ । उत्कृष्ट अभिनयका कारण फिल्महरूमा आफ्नो छाप छोड्ने अभिनेता रावललाई भारतको नेशनल स्कूल अफ ड्रामाको अध्यक्षमा नियुक्त गरिएको हो । भारतका राष्ट्रपति रामनाथ कोविन्दले अभिनेता र पूर्व लोकसभा सांसद परेश रावललाई नेशनल स्कूल अफ ड्रामा (एनएसडी) का प्रमुख नियुक्त गरेका छन् ।

 

बिहीबार केन्द्रीय संस्कृति राज्यमन्त्री प्रह्लाद सिंह पटेलले यो जानकारी दिएका छन् । प्रहलाद सिंह पटेलले ट्वीट गरेर लेखेका छन, ‘प्रख्यात कलाकार परेश रावललाई महामहिम रामनाथ कोविन्दले एनएसडीको अध्यक्ष नियुक्त गर्नुभएको छ । देशका कलाकार र विद्यार्थीहरूले आफ्नो प्रतिभाको फाइदा लिनेछन् । हार्दिक शुभकामना ।’

 

परेश रावल भन्दा पहिले प्रसिद्ध राजस्थानी कवि अर्जुनदेव चरण सिंहले एनएसडीको अध्यक्षको पदभार लिएका थिए । सन् २०१८ मा अरजव देव चरण सिंहलाई एनएसडीको अध्यक्ष बनाइएको थियो । परेश रावललाई एनएसडीको अध्यक्ष बनाइएसँगै उनका प्रशंसकहरू र धेरै सेलिब्रेटीहरूले उनलाई बधाई तथा शुभकामना दिइरहेका छन् ।

 

सम्बन्धित खबरहरु