काठमाडौ । निषेधाज्ञा केहि खुकुलो गरी सवारीमा जोर(बिजोर प्रणाली लागु गरिए पनि भक्तपुर नगरपालिकाले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ। नगरपालिका क्षेत्रभित्र भदौ ३१ गतेसम्मका लागि सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरिएको मेयर सुनिल प्रजापतिले बताएका हुन् ।

 

उपत्यकाका प्रशासन कार्यालयले निषेधाज्ञाका बीच बिहीबारदेखि १६ जनाभन्दा बढी सिटका गाडीलाई जोरबिजोर प्रणाली लागू गरेका थिए। तर, मेयर प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलले कोरोना संक्रमणको जोखिम भन्दै भदौ ३१ गतेसम्मका लागि सार्वजनिक यातायात नचलाउने निर्णय गरेको हो।

 

मेयर प्रजापतिका अनुसार नगरभित्रबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नम्बर १, ७ र ९ मा चल्ने छोटो दुरीका यातायात बन्द गर्ने निर्णय गरिएको हो।

सम्बन्धित खबरहरु