काठमाडौ । अब काठमाडौं बाहिर रहेकाले उपत्यका भित्रिन पाउने भएका छन् । उनीहरुलाई कोरोना परीक्षणको पीसीआर रिपोर्ट नचाहिने भएको छ । पीसीआर रिपोर्ट नचाहिने भए पनि उपत्यका प्रवेशमा यसअघि जारी भएका सबै नियमको पालना र आवश्यक कागजात भने साथमा हुनुपर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

यसअघि अत्यावश्यक कामबाहेक उपत्यका प्रवेशमा पीसीआर रिपोर्टसमेत अनिवार्य गरिएको थियो । तर पीसीआर रिपोर्ट भए त्यसले सहज भने हुनेछ । कोरोना महामारीपछि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सवारी र व्यक्तिलाई समेत रोक लगाइएको छ ।

एसएसपी ज्ञावालीका अनुसार त्यावश्यक सवारी एम्बुलेन्स, बिरामीलगायत सरकारले तोकेका सवारी आउन पाउनेछन् । यसबाहेक भने सम्बन्धित जिल्ला प्रशासनको सहजीकरणको पत्र आवश्यक पर्नेछ । काठमाडौंबाट बाहिरिने र भित्रिने दुवै हिसाबले यो नियम लागु हुनेछ ।

 

प्रहरीले काठमाडौंको नागढुङ्‍गा र भक्तपुरको साँगा नाकामा कडाइसमेत गरेको छ । उच्च सतर्कता अपनाएर भित्रिनेहरुको विवरण राख्‍ने काम भएको र अत्यावश्यक कामबाहेक आउनेलाई बाटोबाटै फर्काइने गरेको पनि प्रहरीले जनाएको छ । पछिल्लो समयमा उपत्यका भित्रिनेभन्दा बाहिरिनेको संख्या विस्तारै बढ्दै गएको पाइएको छ । चाडपर्वसमेत नजिकिँदै गएकाले छाड्ने क्रम बढेको हो ।

सम्बन्धित खबरहरु