काठमाडौं । साउदी राजकुमार मोहम्मद बिन सलमान विश्वकै शौखिन र विलासी व्यक्तिको रुपमा सूचिकृत छन् । उनी आफ्नो विलासी जीवनशैलीका कारण विभिन्न समय विवादित चर्चामा रहिरहन्छ। पत्रकार जमाल खशोग्गीको मृत्यु देखि शाही परिवारका सदस्यहरुविरुद्ध कडा कारवाहीका कारण उनी चर्चामा रहिरहेका छन् । एक अमेरिकी मोडलसँग एक रात बिताउन करोडौं डलर दिन तयार भएका राजकुमार सलमान निकै विलासी जीवन बिताउँछन् ।

 

पछिल्लो समय राजकुमार सलमानको विलासी जीवनशैलीको बारेमा निकै ठूलो खुलासा भएको छ । एउटा नयाँ किताबमा दावी गरिएअनुसार राजकुमार सलमानले माल्दिभ्सको एक प्राइभेट आइल्याण्डमा भव्य पार्टी दिएका थिए जहाँ अर्बौं खर्च भएको थियो । यो पार्टीमा आउने पाहुनाहरुलाई खुसी पार्नको लागि ब्राजिल, रुससहित विश्वका विभिन्न स्थानबाट १५० मोडलहरुलाई बोलाइएको थियो ।

 

 

‘ब्लड एण्ड आयदः मोहम्मद बिन सलमान्स रुथलेस क्वेस्ट फल ग्लोबल पावर’ नामको किताबमा दावी गरिएअनुसार यी सबै १५० मोडलहरु माल्दिभ्सबाट आएपछि उनीहरुलाई कुनै किसिमको यौ न ज न्य रो ग भए नभएको जाँचसमेत गरिएको थियो । किताबमा उल्लेख भए अनुसार यो पार्टीमा मोहम्मद बिन सलमानका खाडी देशका केही दर्जन पाहुनाहरु सहभागी भएका थिए । यो निजी आइल्याण्डलाई विश्वका सबैभन्दा भव्य र महंगा स्थानहरुमा गनिन्छ ।

 

किताबमा दावी गरिएअनुसार राजकुमार सलमानले करिब १ महिनासम्म यहाँ पार्टी गर्ने योजना बनाएका थिए । तर स्थानीय अखबारले यसबारे थाहा पाएर समाचारमा यसको खुलासा भएपछि राजकुमार सलमान सबै विदेशी मोडललाई साथमा लिएर त्यहाँबाट भाग्नुपरेको थियो । राजकुमार सलमानले यो टापुमा ३ सय कर्मचारी, ४८ निजी भिला र हिउँ वर्षाउने मेसिन समेत भाडामा लिएका थिए । पाहुनाहरुको गोपनीयतालाई ध्यानमा राख्दै यो पार्टीमा फोन प्रतिबन्धित थियो ।

 

सबै पाहुनाहरुलाई केवल नोकिया ३३१० फोन ल्याउने अनुमति थियो । वाल स्ट्रिट जर्नलका पत्रकार रहेका लेखकहरुले बिताबमा बताएअनुसार यहाँ ल्याइएका १५० मोडलको यौ न रो ग परक्षिणपछि उनीहरुलाई भिलाभित्र लगिएको थियो । त्यसपछि मोहम्मद बिन सलमान आफ्नो सी प्लेनमा त्यहाँ पुगेका थिए । सलमानले डिजै अफरोज्याक र पिटबुललाई पनि हायर गरेको बताइउको छ । राजकुमार सलमान आफैं स्टेजमा पुगेको पनि दावी गरिएको छ ।

 

किताबमा उल्लेख भए अनुसार राजकुमार सलमानले पार्टीमा आफैं आफूलाई मन पर्ने गीत बजाउन थालेका थिए र त्यहाँ भएका पाहुना र मोडलहरुले उनको समर्थन गरेका थिए । यी सबै रातभर पार्टी गर्थे र दिनभर सुत्थे । राजकुमार सलमानले ५० करोड डलरमा एउटा फाइभस्टार याट पनि बुक गरेका थिए । यो याटमा दुई हेलिप्याड र मुभी थिएटर तथा पानीभित्रबाट समुद्रमा हेर्ने सुविधा थियो ।

 

सम्बन्धित खबरहरु