काठमाडौं । भारतले एक सामाजिक कार्यकर्ता गुमाएको छ । सामाजिक कार्यकर्ता स्वामी अग्निवेशको शुक्रबार साँझ मृत्यु भएको हो । भारतीय सञ्चारमाध्यमहरुमा अनुसार आज बेलुका ७ः१० मिनेटमा उसले अन्तिम सास लिएका हुन् । लामो समयदेखि खराब स्वास्थ्यस्थितिबाट गुज्रेका उनी मंगलबार दिल्लीको लिभर एन्ड बायोलजिकल साइन्सेज (आईएलबीएस) मा भर्ना भएका थिए ।

https://twitter.com/DDNewsHindi/status/1304427587796717568

अस्पताल व्यवस्थापनले बिहीबार भनेका थिए कि बहु–अंग असफलताका कारण स्वामीको अवस्था बिग्रिएको थियो । उनको अवस्था नाजुक भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनी लामो समयदेखि बिरामी थिए । डाक्टरका अनुसार स्वामी कलेजोको रोगसँग लड्दै थिए । उनलाई कलेजो प्रत्यर्पणको लागि सल्लाह पनि दिइएको थियो ।

सम्बन्धित खबरहरु