काठमाडौं । अनलाइन सपिङ कम्पनी ‘दराज अनलाइन‘ ले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । नेपालमा दराज अनलाईन धेरै ग्राहकहरुले अनलाईन सपिङ गर्दै गर्दा सम्झने नाम हो । जसले भाडाकुाडा, कपडा, गरगहना, मोबाइलजस्ता सामानहरु अनलाई मार्फत बेच्दै आएको छ । कोरोना महामारीको यस समयमा अलीबाबाको स्वामित्व रहेको दराजले ठुलो संख्यामा कर्मचारी माग गरेको हो ।

 

दराज अनलाइनले सर्ट अपरेटरका लागि एकजना माग गरेको छ । उक्त पदका लागि १९ सेम्टेप्बरसम्ममा आवेदन दिइसक्नुपर्ने जनाइएको छ । अर्को हब अपरेटरका लागि पनि एकजना माग गरिएको छ । यस पदका लागि पनि १९ सेम्टेप्बरसम्ममा आवेदन दिइसक्नुपर्ने जनाइएको छ । रणनीति र योजना प्रबन्धक पदका लागि अर्को एकजनाका लागि अवसर खुलेको छ ।

 

यस पदका लागि १७ सेप्टेम्बरभित्र आवेदन दिइसक्नुपर्नेछ । डिजिटल कार्यकारी पदका लागि ३० जना माग गरिएको भए पनि यस पदका लागि आवेदन दिने समय भोली दिनभरी रहेको छ । ग्राहक अनुभव कार्यकारी पदका लागि पनि ३० जना माग गरिएको छ । यस पदका लागि पनि आवेदन दिने समय भोली अन्तिम दिन रहेको छ । विज्ञापनबारे थप जानकारी तल राखिएको छ ।

 

भोली शनिबार पर्ने भएका कारण कार्यालय खुल्ने वा नखुल्ने भन्ने बारेमा जानकारी दिइएको छैन । त्यसका लागि तपाँई सिधा दराजसँग सम्पर्क गर्न सक्नुहुन्छ । विज्ञापनबारे थप जानकारी तल हेर्नुहोस्

 

Job Category : General Mgmt. / Administration / Operations

 

Job Category : General Mgmt. / Administration / Operations

 

Job Category : General Mgmt. / Administration / Operations
Job Category : Marketing / Advertising / Customer Service

सम्बन्धित खबरहरु