काठमाडौं । दुई पक्षबीच भएको विवाद उग्र हुँदा जनकपुर रणभूमिमा परिणत भएको छ । त्यहाँ दुई पक्षबीच विवाद हुँदा प्रहरीले अ–श्रु ग्यास प्र–हार गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुई पक्षबीच शनिबार विवाद भएपछि प्रहरीले ७ रा–उण्ड अश्रु ग्यास प्र–हार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो ।

 

मुस्लिमहरूको मोहरम्म पर्व सम्बन्धमा सामाजिक सञ्जालमा भएको टिप्पणी विषयमा दुबै पक्षबीच भएको विवाद उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अ–श्रु ग्यास हानेको हो । देवपुरा रुपैठा नजिकै रहेको फुलगामा चौकीबाट पुगेको सई नेतृत्वको टोलीले स्थिति नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली त्यहा पठाइएको छ । दुई समूह तितरबितर भएको र थप विवाद हुन नदिन प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित खबरहरु