काठमाडौं । एउटै अफिसमा एउटै पदमा रहेको साथीले जब आर्थिक उन्नति गरेको वा आनन्दको जीवनशैली व्यतीत गरेको देख्छौं, तब हामीलाई अचम्म लाग्छ । हामी सोंच्न थाल्छौं कि उसले कसरी आर्थिक उन्नति गर्यो ? कतै उसले कुनै गलत ढंगले कमाइ त गरेको छैन ?

 

तर आर्थिक उन्नति गरेका सबैले गलत काम नै गरेका हुन्छन् भन्ने सोच्नु गलत छ । किनभने व्यक्तिको आनीबानीले पनि आर्थिक उन्नति गर्न सम्भव छ । त्यो हो बचत गर्ने बानी । हुन त बचत गर्नुपर्छ भन्ने सोंच हरेक सचेत व्यक्तिमा हुन्छ । तर कुनै कुनै व्यक्तिले जति कञ्जुस्याइँ गरे पनि बचत भैरहेको हुँदैन । कुनै न कुनै बहानामा खर्च भैरहेको हुन्छ । आखिर यस्तो किन हुन्छ त ?

 

 

ज्योतिष विज्ञानले भन्छ–व्यक्तिको राशीले पनि यसमा महत्वपूर्ण भूमिका खेल्छ । अर्थात आर्थिक बचत गर्न सक्ने र नसक्ने भन्ने कुरा व्यक्तिको राशीमा पनि भर पर्छ । त्यसो भए आर्थिक बचत गर्न सक्ने राशीहरु कुन कुन हुन् त ?

वृष : यस राशीका व्यक्तिहरु आफ्ना स्वभावका कारण चिनिने खालका हुन्छन् । त्यसैले यस राशीका व्यक्तिहरु रुपैयाँ राम्रोसँग वचत गर्नसक्ने व्यक्तिमा पर्छन् । बृष राशीका व्यक्तिहरु जुनसुकै अवस्थामा पनि आफ्नो लक्ष्यप्रति अडीक रहन्छन् । यही गुणले यिनीहरुलाई पैसा वचत गर्न अभिप्रेरित गर्दछ ।

कर्कट : कर्कट राशीका व्यक्तिहरु आफ्नो घरसँग सम्बन्धित कुराहरुमा खर्च गर्न रुचाउँछन् । तर उनीहरुमा आफ्नो आम्दानी र खर्चलाई राम्रोसँग सन्तुलनमा राख्नसक्ने गुण हुन्छन् ।

मकर : भनिन्छ यस राशीका व्यक्तिहरु केवल बचत गर्नकै लागि कमाउँछन् । मकर राशीका व्यक्तिहरु बचतमा यति सचेत हुन्छन् कि उनीहरु अति आवश्यक नपरि केहीमा पनि खर्च गर्दैनन् । पैसा खर्च हुन सक्छ भन्ने लाग्ने कुरालाई यिनीहरु वास्तै गर्दैनन् ।

 

कुम्भ : कुम्भ राशीका मान्छेहरु यति पैसा प्रेमी हुन्छन् कि उनीहरु पैसाका लागि जोखिम मोल्न पनि पछि पर्दैनन् । यिनीहरु आफ्नो आम्दानी र खर्चलाई पूरै ध्यानमा राखेर बचत गर्ने स्वभावका हुन्छन् ।

सम्बन्धित खबरहरु