काठमाडौ । भक्तपुरमा एकै परिवारको तीनजनाको श*व भेटिएको घटनामा प्रहरीले एउटा कोणबाट अनुसन्धान बढाएको छ । जस अनुसार मृतक सुदीप अधिकारीले पत्नी सम्झना अधिकारी र छोरा सुशास्त अधिकारीको ह*त्या पछि आ*त्मह*त्या गरेको हुनसक्ने देखिएको छ ।

 

प्रहरी स्रोतका अनुसार सुदीपको श*व स*डेको छैन भने पत्नी र छोराको श*व स*डेको छ । कुकुरको श*व पनि केही स*डेको अवस्थामा छ । सीसीटीभी फुटेजबाट थिमीको निकोसेरास्थित उनको घरमा अन्य कोही व्यक्ति पसेको या निस्किएको देखिदैन । सुदीपले वि*ष पि*एको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । उनले ट्वाइलेट नजिकै भो*मिट समेत गरेको र वि*षको ब*ट्टा समेत भेटिएको छ ।

 

सम्झना र सुशान्तमाथि भने धा*रिलो ह*तियार प्रहार भएको छ । पहिलो तल्लामा सुशान्त र कुकुरको श*व भेटिएको छ । दोस्रोमा सम्झनाको र तेस्रोमा सुदीपको श*व भेटिएको छ । उक्त घरमा हरेक तल्लामा एउटा मात्र कोठा छ । श*वमध्ये सम्झना र सुशान्तको श**वमा चोट छ । उनीहरुलाई धा*रिलो ह*तियार प्र*हार गरी ह*त्या गरिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

 

तीनजनाको सानो परिवार भएपनि सुदीप र सम्झनाबीच झगडा भइरहन्थ्यो । पारिवारिक कलहबारे छिमेकीले समेत प्रहरीलाई बयानका क्रममा भनेका छन् । सुदीप ऋणमा समेत थिए । पसल थियो । एक वर्ष अघि उनी जागिर गुमाउन पुगेका थिए । यसको कारण म*द्यपा*न गर्ने बानी कारण थियो ।

 

छोरा सुशास्तले यसै वर्ष एसइइ पास गरेका थिए । कलेज भर्नाको प्रक्रियामा थिए । २२ भाद्र सम्म सुदीपले पसल खोलेका थिए । उनले छोरा र पत्नीको ह*त्या गरेको कम्तिमा पाँच दिन भइसकेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । उनको सम्भावित आ*त्मह*त्या भने २४ या २५ भाद्रमा भएको प्रहरीको अनुसन्धानले देखाएको बुझिएको छ । घटनाको जानकारी भने २६ भाद्रमा भएको थियो ।

 

घटनामा ३६ वर्षीय सुदिप अधिकारी, उनकी पत्नी ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको श*व घरमा फेला परेको थियो । कुकुरसहित परिवारका सबै सदस्यको श*व भेटिएपछि योजनावद्ध तरिकाले ह*त्या भएको निष्कर्षमा प्रहरी पुगेको थियो । जसमा घरभित्रकैको संलग्नता हो या होइन भन्ने मात्र प्रश्न थियो । अब अनुसन्धानको दायरा साँघुरो बनाउँदै सुदीपले किन ह*त्या गरे भन्ने अनुसन्धानमा प्रहरी लागेको छ ।

 

सम्बन्धित खबरहरु