काठमाडौं । पूर्वमन्त्री एवं राष्ट्रीय जनता दल (राजद) नेता र लालू प्रसादको नजिकका मित्र रघुवंश प्रसाद सिंहको ७४ वर्षको उमेरमा आइतवार मृत्यु भएको छ । उनले एम्स अस्पताल दिल्लीमा अन्तिम सास लिएका हुन् । उनलाई गएको चार दिनदेखि सास फेर्न गाह्रो भएको थियो । जसकारण उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

जब रघुवंश पटना एम्समा भर्ना भए, उनले २३ जुनमा पार्टी उपाध्यक्षको पदबाट राजीनामा दिएका थिए । जानकारी अनुसार उनी रामा सिंह राजदमा प्रवेश हुने समाचार सुनेर रुष्ट बनेका थिए । रघुवंशलाई १८ जुनमा कोरोना संक्रमण पुष्टि भएको थियो । १ जुलाईमा उनलाई पटना एम्स बाट डिस्चार्ज गरिएको थियो ।

१० सेप्टेम्बरमा उनले अस्पतालको खाटबाट राजीनामा राजद प्रमुख लालू यादवलाई पठाएका थिए । राजीनामामा उनले लेखे, ‘जन नायक कर्पूरी ठाकुरको निधन पछि, ३२ बर्ष म तपाईको पक्षमा उभिए, तर अब होइन । पार्टी, नेता, कार्यकर्ता र आम जनताले ठूलो स्नेह पायो, मलाई माफ गर्नुहोस् ।’

लालू प्रसाद यादव रांचीको बिरसा मुन्डा जेलमा छन् । उनी आफैंले नजिकको मान्छे रिसाएको कुरालाई सम्हालेका थिए । रघुवंशलाई एउटा पत्र लेखेर लालुले भनेका थिए, ‘राजद परिवार चाँडै स्वस्थ हुन चाहन्छ र तिमीलाई उनीहरु माझ भेट्न चाहन्छौ ।

चार दशकहरूमा हामी सबै राजनैतिक, सामाजिक र पारिवारिक मामिलामा सँगै छलफल गरेका छौं । तपाई निश्चित रूपले स्वस्थ हुनुहुनेछ र त्यसपछि बसेर कुरा गरौँला । तपाईं कतै जाँदै हुनुहुन्न ! बुझ्नुहोस् ।’ लालुले निधपछि पनि दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित खबरहरु