काठमाडौ । सरकारले देशभरका सबै अस्पताल (निजी, सरकारी) मा कोरोना भाइरस (कोभिड–१९) पत्ता लगाउँने पिसिआर परीक्षणको शुल्क ह्वात्तै घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन पाउने निर्णय गरेको हो।

 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विश्वबजारमा पिसिआर परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै नेपालमा पनि सहज र सस्तो मुल्यमा पाउन थालेपछि परीक्षण शुल्क घटाइएको जानकारी दिए। सरकारले पहिलो पटक ५ हजार ५ सय शुल्क तोकेको थियो। पछि सो शुल्क परिमार्जन गर्दै बढीमा ४ हजार ४ सयसम्ममा शुल्क लिन सकिने निर्णय गरेको थियो ।

 

 

अहिले सरकारले बढीमा २ हजार लिन पाउँने निर्णय गरेको हो । योसँगै आधा भन्दा बढी मुल्य घट्नेगरी केही महिना अघि मात्र गरेको सरकारको निर्णयमा प्रश्न ठड्याउँने अधिकार जनतामा भएको छ ।

सम्बन्धित खबरहरु