सन्दीपको सफलता जताततै, आइपिएल खेल्न ट्रिनिडाडबाट सोझै यूएई प्रस्थान

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २८ भदौ, २०७७

काठमाडौ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लागेका छन् । क्यारेबियन प्रिमियर लिग (सिपीएल) सकिएपछि सन्दीप शनिबार यूएईका लागि उडेका हुन् ।

 

ट्रिनिडाड एण्ड टोबेगोबाट नेपाल नफर्किकन सन्दीप सोझै युएईका लागि प्रस्थान गरेका उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन् । आईपिएल खेल्न सन्दीपसँगै सिपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् ।

 

यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ । सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका छन् । आईपिएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ ।

 

सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्‍जाबसँग रहेको छ । सन्दीपलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको छ ।

सम्बन्धित खबरहरु