अरुलाई शारीरिक सुखभोग दिने व्यवसायबाट बाँचेकाहरुको अहिलेको अवस्थामा दर्दनाक सत्य कथा

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २८ भदौ, २०७७

मनीषा भल्ला । अहिले कोरोना महामारीको मारमा अरुलाई शारीरिक सुखभोग दिने व्यवसायबाट बाँचेका महिलाहरु पनि धेरै प्रभावित भएका छन् । आज हामी विश्वको ठुलो जिस्मफरोशीको बजार मानिएको भारतबारे चर्चा गर्न गइरहेका छौँ । अवश्य पनि मुम्बईमा लकडाउन खुलेको छ । केहि मानिस आफ्नो काममा व्यस्त छन्, कोही काम खोज्दै छन् । तर यहाँको कामठीपुराको साँघुरो सडक छेउछाउका जिस्मफरोशीका घरहरू सुनसानजस्तै छन् ।

 

घर भित्र दिक्क लाग्दो वातावरण र सानो दुर्गन्धित झुम्पे कोठा, काम पनि छैन । न सरकारले उनीहरूको हेरचाह गरिरहेको छ । परिणाम स्वरूप, उनीहरु अहिले भयङ्कर भोकमरीको सामना गर्दैछन् । कामठीपुरा भारतको एक ठूलो जिस्मफरोशीको बजारक्षेत्र हो, त्यहाँ भारत भरका महिलाहरू आउँछन् वा बेचिन्छन् । यहाँबाट जिस्मफरोशीहरू बाहिर जान सक्दैनन्, तर ग्राहकहरू यहाँ आउँदछन् । कोरोनाले अहिले ३ हजार ५०० भन्दा धेरै जिस्मफरोशीहरुलाई सडकमा पुर्याएको छ ।

 

 

ला.प.से., मा.प.से. गर्ने जिस्मफरोशको अवस्था पनि खराब छ । लकडाउनको बेला औषधीहरू सरकारी अस्पतालमा फेला परेन । अझै यो प्राप्त भइरहेको छैन । तिनीहरूका बच्चाहरू स्कूल जान सक्षम छैनन्, कमाउनका लागि कुनै ग्राहक आउँदैनन् । जिस्मफरोशीको बजारमा सन्नटा छाएको छ । सान्वारी (एक बुढी महिला) जसलाई जिस्मफरोशीहरुले ‘मम्मी’ भनेर बोलाउँछन् ।

 

‘मम्मी’ को सुपरिवेक्षणमा, घर भित्र तीन–चार केटीहरूले जिस्मफरोशीको व्यापार गर्दछन् । धेरै जिस्मफरोशहरू दाल र रोटीको खोजीमा सडकमा निस्केका छन् । तर त्यहाँ टाढा–टाढासम्म कुनै आशा छैन । पछिल्लो पाँच महिनादेखि त्यहाँ दिनको १०० रुपैयाँ कमाई पनि हुन सकेको छैन ।

 

यहाँ बस्ने एक जिस्मफरोश रेश्मा भन्छिन्, ‘म तपाईंलाई के भन्न सक्छु, कामठीपुराका सबै सडकहरू लकडाउनमा बन्द थिए । प्रहरी कडा सुरक्षामा थियो । प्रहरीले न त उनीहरु (ग्राहक) हरूलाई भित्र आउँन अनुमति दियो न हामीलाई बाहिर जान अनुमति दियो । यदि कोही लुक्दै आउँथ्यो भने पनि प्रहरीले चाल पाएर हाम्रो नजिक पर्न नदिइ लैजाने गर्थ्यो । अब सडकहरू पनि खुलेका छन् र प्रहरीको पनि पहिलेजस्तो कडा सुरक्षासमेत छैन, तर अब कुनै ग्राहक आउँदैनन् ।’

 

जिस्मफरोश रेखालाई दमको रोग छ । पहिले, उनी नजिकैको सियोन अस्पतालबाट औषधि निःशुल्क ल्याउँथिन् । तर अब औषधि पाँच महिनादेखि पाउँन नसकेको उनको गुनासो छ । उनी दमसँग यति निराश छिन् कि उनले हामीसँग औषधिको लागि बिन्ती गर्न शुरू गरिन् । उनीसँगै उभिएकी नूरनलाई एचआईभी पोजिटिभ छ, उनीसँग पाँच महिनादेखि औषधी छैन ।

 

नुरा जस्तै, यहाँ बस्ने ५ प्रतिशत जिस्मफरोशीको बजारमा लागेकाहरुलाई एचआईभी पोजिटिभ छ । उनीहरु न त आफ्नो घर फर्केर जान सक्छन्, न कतै अन्य काम नै फेला पार्न सक्छन् । उनले कमाउदाको समयसम्म परिवारले उनीबाट पैसा लिने गर्थ्यो, तर अब काम बन्द भएपछि परिवारले सम्बन्ध तोड्यो । रेखा भन्छन्, ‘अहिले केवल केहि ग्राहकहरु आउँदैछन् । एक दिनमा १००–२०० रूपैयाँ कमाई हुन्छ । पहिले न त पैसाको अभाव थियो न ग्राहकको नै अभाव थियो । हाम्रो घर भाडा पनि माफ गरिएको छैन ।

 

एक दिनको भाडा १०० देखि १५० रुपैयाँ हो । यस क्षेत्रमा, जिस्मफरोशहरु साँझमा सडकमा तयार ग्राहक खोज्न जान्छन् । त्यहाँ नयाँ ग्राहकहरू वा पुराना ग्राहकहरू नै पनि आउँदछन् र मन पराइएको केटी पाउँछन् । यहाँ वर्षौं देखि यो भइरहेको छ ।’

 

ताबिश खत्री पेशाले एक सफ्टवेयर इञ्जिनियर हुन् । नजिकैको पोश कलोनीमा बस्छन् । लकडाउनको क्रममा, जब उनले उनीहरूको गाह्रो अवस्था देखे, तब उनले जिस्मफरोशहरुका लागि काम गर्ने साई संस्थामा जोडिए । ताबीशले ५ महिनादेखि कामठीपुरामा खाद्यन्न उपलब्ध गराउँदै आएका छन् ।

 

साई संस्था त्यहाँ हरेक १५ दिनमा एक पटक आउँछ र खाद्यन्न, मास्क र स्यानिटाइजर वितरण गर्दछ । यहाँ कोरोनामा आधिकारिक रूपमा कुनै जागरूकता अभियान सञ्चालन गरिएको थिएन । तर कुनै पनि जिस्मफरोशलाई हामीले मास्क बिना देखेनौँ ।

 

 

सोनिया बंगालकी हुन्, जहाँ उनले आफ्ना बुढा बाबुआमालाई पैसा पठाउनु पर्दछ । तर लकडाउनको कारण उनी आफु नै कसरी बाँच्न सक्छु भन्ने चिन्तामा छिन् । उनका लागि अहिले घरमा घर पैसा पठाउने कुरा त सपनाजस्तो भएको छ । उनी भन्छिन्, ‘हामी आर्जन (आम्दानी) को कुनै पनि अन्य तरीका अपनाउन सक्दैनौं । हाम्रो उमेर यति धेरै भैसक्यो कि अब कसैले हामीलाई काम दिदैन ।’

 

सोनियाले यो पनि दाबी गरिन् कि लकडाउनमा शिक्षित र राम्रा केटीहरूले पनि जिस्मफरोशीको बजारमा प्रवेश गरेका छन् । उनले एक वा दुईवटा एपको नाम पनि उल्लेख गरिन् । प्रविधिको सहयोगमा अहिले आधुनिक तरिकाले यो बजार चल्दैछ ।

 

उनी भन्छिन्, ‘अब जब केटाहरु सुन्दर, शिक्षित युवती मोबाइलमै कम पैसामा पाउँछन् ।’ अहिले इन्टरनेटका कारण उनीहरुको परम्परागत जिस्मफरोशीको बजार समस्यामा परेको उनको बुझाई रहेको छ ।

 

यहाँको मुख्य समस्या बच्चाहरू हुन् । यहाँ जिस्मफरोशको लगभग ५०० बच्चाहरु छन् । जो रातमा एक स्वयंसेवा संगठनद्वारा संचालित आश्रममा जान्छन् । दिनमा साई संस्थानद्वारा संचालित विद्यालयमा जान्थे । यसरी उनीहरुलाई बच्चा साथमा नहुँदा धन्धा गर्न सहज भएको थियो ।

 

रेखा भन्छिन्, ‘बालबालिकाको जीवन बढी नै सकस भएको छ । उनीहरूको अध्ययन बन्द छ, साथै जिस्मफरोशहरु उनीहरूको घरमै रहँदा उनीहरूले काम गर्न सक्दैनन् । यदि बच्चाहरू घरमा बस्छन् भने हामीहरु कसरी यो काम गर्न सक्छौँ ?’

 

साई निर्देशक विनय वाता भन्छन्, ‘कोरोनाले अन्य व्यवसायलाई जसरी प्रभावित गरेको छ त्यसरी नै जिस्मफरोशको जीवनमा पनि असर गर्यो । तर भिन्नता यो हो कि मानिसहरूद्धारा अन्यत्र मद्दत गरियो तर यस क्षेत्रमा कोही पनि उनीहरूको लागि मद्धत गर्न अगाडि आएनन् ।’ उनले थप्दै भने, ‘न त सरकार वा न समाजको कुनै अन्य पक्षले यहाँ सहयोग गरे । यी व्यक्तिहरू नजिक आउने ग्राहकहरूले पनि उनीहरूको वास्ता गरेनन् ।

 

यहाँका जिस्मफरोशहरु भोको पेट लिएर घर भित्र बस्दैनन् । उनीहरु साँझमा सडकमा जान्छन् । कोरोनाबाट बचाउनका लागि सरकारले यीनीहरुलाई सामानहरू उपलब्ध गराउनुपर्दछ वा तिनीहरूका लागि खानाको व्यवस्था गर्नुपर्छ ।’ साई निर्देशक विनय वाताले आफुहरुले कोरोना सुरक्षाका लागि अपनाइने सामान्य सावधानि पनि नपनाएको देखेको उल्लेख गरेका छन् । त्यसपछि उनको संस्थाले उनीहरुलाई आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

 

उनले भने, ‘जब हामी कामठीपुराको सडकमा गयौं, त्यहाँ हामीले देख्यौं कि त्यहाँ न स्यानिटाइजर छ, न मास्क, न अक्सिमेटर, न थर्मामीटर । सडकमा जिस्मफरोशहरुले ग्राहकहरू फेला पारेको तरिका, सामाजिक दूरी एक मजाक जस्तो देखिन्छ ।’

 

नोटः भारतको चर्चित अखबार दैनिक भास्करमा छापिएको यो सामाग्रीलाई जनबोलीले अहिलेको समयमा सान्दिर्भक लाग्ने ठानेर तयार पारेको हो । यसमा हामीले भाषा र शैलीबाहेक अन्य कुराहरुमा कुनै हेरफेर गरेका छैनौँ । धन्यवाद

सम्बन्धित खबरहरु