काठमाडौं । दुई ट्रक आपसमा ठोक्किँदा भएको भयानक दुर्घटनामा चार जना घाइते भएका छन् । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक आपसमा ठोक्किँदा चार जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

 

 

 

विपरीत दिशामा रहेका ना ६ ख २४२३ र ना ४ ख ८०११ नम्बरका ट्रक इच्छाकामना गाउँपालिका–५ को खहरे पुल नजिक एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा दुवै ट्रकका चालकसहित ट्रकमा सवार ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भइरहेको छ ।

 

 

सम्बन्धित खबरहरु