काठमाडौं । नेपालमा कोरोना संक्रमण लगातार बढ्दैछ । यो बीचमा सबैको मनमा बसेका नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्याएर फर्किनु भएका उहाँले आइतबार स्वाब दिनु भएको थियो ।

 

आइतबार उहाँको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिनुभयो । लामा अहिले सोल्टी होटेलमा हुनुहुन्छ । उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ ।

 

यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना देखिएको थियो । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् ।

 

सम्बन्धित खबरहरु