अभिनेत्री कंगना रनावतले यसकारण आफ्नो कर्मथलो मुम्बई छोडिन्

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २९ भदौ, २०७७

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतले आफ्नो कर्मथलो छोडेकी छिन् । उनी महाराष्ट्र मुम्बई छोडेर हिमाञ्चलको मनाली गएकी हुन् । बहिनी रंगोलीसँगै उनी आफ्नो पुख्यौली थलो मनाली पुगेकी हुन् । यहीँ ९ सेप्टेम्बरमा उनी मुम्बई गएकी थिइन् । उनी पाँच दिन मुम्बईमा बिताएपछि हिञ्माचल फर्केकी हुन् ।

 

 

पछिल्लो समय शुसान्त सिंह राजपुत मृत्यु प्रकरण हुँदै औषधि प्रकरणसम्म पुग्दा कंगना लगातार चर्चामा आएकी थिइन् । अहिले उनी महाराष्ट्रमा सरकारमा रहेको शिवसेना पार्टी नेतृत्वको सरकारको खुलेरै विरोध गर्दै आएकी थिइन् । यहाँसम्म कि उनले महाराष्ट्रलाई पाकिस्तानसँग तुलना गरेकी थिइन् । उनले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको खुलेरै आलोचना गर्दै आएकी थिईन् ।

 

 

यो बीचमा मुम्बई महानगरपालिकाले अवैध निर्माण गरेको भन्दै कंगनाको कार्यालय भत्काएको थियो । यस्लाई धेरैले प्रतिशोधको कारबाही गरेको बताएका थिए । यो बीचमा कंगनाले आफु मुम्बईमा असुरक्षित भएको भन्दै आफ्नो कर्मथलो नै छोडेर गएकी हुन् । उनले जाँदाजाँदै पनि मुम्बईलाई पाकिस्तानी नियन्त्रित कश्मीरसँग तुलना गरेकी छिन् ।

 

सम्बन्धित खबरहरु