काठमाडौं । विश्वमा अहिले हरेक कुरामा सफल भएको प्राणी मानिस मात्रै हो । मान्छेले जे चाह्यो त्यो पुरा हुँदै गइरहेको छ । यो बीचमा भारतको बिहारको गया जिल्लाका एक व्यक्तिले आफ्नो कडा परिश्रम र समर्पणबाट यो प्रमाणित गरे कि यदि इच्छाशक्ति र साहस छ भने, कुनै पनि काम गाह्रो छैन ।

 

गयाको लाहतुआ क्षेत्रको कोठेलवा गाउँका बासिन्दा लोन्गी भुइयाँले ३० वर्ष कडा परिश्रम गरेर तीन किलोमिटर लामो नहर निर्माण गर्न सफल भएका छन् । उनको ३० वर्षे लामो मेहनतपछि पानी पहाडबाट गाउँका खेतहरूमा सजिलै पुग्न थालेको छ ।

 

 

यसबाट गाउँलेहरूले ठूलो फाइदा उठाउन थालेका छन् । लोन्गी भुइयाँ एक्लैले नहर खन्ने काम पुरा गरेका हुन् । भुइयाँले भने, ‘यो नहर खोल्न मलाई ३० बर्ष लाग्यो जसले गाउँको पोखरीमा पानी पुर्‍यायो ।’

 

लोन्गी भुइयाँनले भने, ‘पछिल्लो ३० बर्षदेखि म मेरा गाईवस्तुहरू लिएर जंगलमा जान्थे र नहर खन्ने काम गर्थे । कोही पनि मेरो प्रयासमा सहभागी भएनन् । गाउँका मानिसहरू जीविकापार्जनका लागि सहरमा जान्छन् । तर मैले यहीं बस्ने निर्णय गरें ।’

 

कोटिल्वा गाउँ जिल्ला सदरमुकामबाट करीव ८० किलोमिटर टाढा छ । उनको घर जंगल र पहाडहरूले घेरिएको छ । यसको मतलब यो हो कि यहाँका जनजीविकाको मुख्य साधन भनेको खेतीपाती र पशुपालन हो । यो गाउँ माओवादीहरूको पकटक्षेत्रका रूपमा पनि चर्चामा रहने गर्छ ।

 

वास्तवमा वर्षाको समयमा संकलन हुने पानी पहाडबाट खसेर नदीमा बग्थ्यो । यस कुराले भुइयाँनलाई सताउँथ्यो । उनलाई लाग्यो कि यदि यो पानी खेतमा आयो भने यसले गाउँलेहरूलाई सहयोग पुर्‍याउँछ । यो कुरालाई ध्यानमा राख्दै उनले नहर खन्न थालेका हुन् ।

 

एक गाउँले पट्टी माझीले भने, ‘लोन्गी भुईयाँ गत ३० बर्षदेखि एक्लै नहर निर्माणको काममा व्यस्त छन् । उनको प्रयासले ठूलो संख्यामा जनतालाई पानी प्रदान गर्ने छ । यति मात्रै होईन जमिनमा सिंचाई पनि गर्ने छ ।

 

आफ्नो लागि होइन सम्पूर्ण क्षेत्र मद्दतको लागि बनाए ।’ गयाका शिक्षक रामविलास सिंहले भुइयाँनले गाउँलेहरूको हितका लागि गरेका प्रयासको प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा उनको अहिले धेरै नै तारिफ भइरहेको छ । News Source 

 

सम्बन्धित खबरहरु