काठमाडौं । यात्रुसहितको कारमा अचानक आगलागी भएपछि बबाल भएको छ । भारत, हिमाचल प्रदेशको जिल्ला सदरमुकाम कुल्लुबाट ८ किलोमिटर यात्रापछि पछली रोडमा चढ्दा एक कारमा आगलागी भयो । यो दुर्घटनामा गाडीमा ठूलो क्षति पुगेको छ । तर यात्री र चालकलाई केही भएको छैन ।

 

 

जब कार सडकमा जाँदै थियो, तब त्यहाँ अचानक ठुलो धुवाँको मुस्लो देखियो । ड्राइभरले एकदम तीव्र गतिमा गाडी रोकेर यात्रुहरूलाई एक एक गरी बाहिर निकाल्न सफल भए । हेर्दाहेर्दै कार आगोबाट पुर्ण रुपमा क्षतिग्रस्त हुन पुग्यो ।

 

जानकारी अनुसार चालकसहित चार जना यस कारमा सवार थिए । त्यो कार डबल नालीबाट मोहलतर्फ आउँदै थिए । दमकल विभागका अग्निशमन अधिकारी दुर्गा सिंहले घटनाको खबर पाउने बित्तिकै टोली खटाएका थिए । उनीहरु आगोको टेन्डर लिएर घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन सफल भएका हुन् । आगलागीको कारण खुलेको छैन । News Source 

सम्बन्धित खबरहरु