काठमाडौ । बीमा कम्पनीहरुले नेपालमा सरकारकै छायाँमा लुट मच्याएका छन् । उनीहरुले एउटा कबुल गरेर बीमा रकम बुझे पछि आएर अर्को थरी निर्णय गरेका छन् । उनीहरु कोरोना पोजेटिभ भए एक लाख रकम दिने भन्दै बीमा गरे ।

अहिले आएर भोलि सोमबारदेखी कोरोना बिमाका बिमितले कोरोना पोजेटिभ देखिएमा अधिकतम २५ हजारमात्रै पाउने भएका छन । बाँकी ७५ हजार अस्पतालको बिलको आधारमा पाइने भएको छ । तर बीमा गर्दा उनीहरु एक लाख रकम दिने कबुल गरेका थिए । बीमा समितिले आइतबार सांझ जारी गरेको कोरोना बीमाको मापदण्डमा यस्तो परिवर्तन गरेको हो ।

बीमा समितिले सोमबारदेखी कोरोना बीमाको पोलिसि लिनेले कोराना पोजेटिभ देखिएमा २५ हजारमात्रै पाउने निर्णय गरेको छ । यस अघि परेका दावीमा भने कुनै परिवर्तन नहुने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताए । अब एउटै सेवा यति धेरै फरक ?

यहाँ यसअघिका दावीमा फेरबदल गरिएको छैन भनिएको छ । यसको अर्थ के हो भने कोरोना पोजेटिभ भएरपनि रकम नपाएका दावी विमितले मात्र एक लाख नै रकम पाउँने छन् । तर पहिले नै बीमा गरेको तर अब कोरोना पोजेटिभ भएमा अहिलेको नियम लागू हुनेछ । अब विमितलाई उनीहरुले एक लाख रकम दिने कागज गरेका छन् । त्यो फर्जी भएन ? त्यो लुट हैन ?

त्यसैगरी अवदेखी सिंगल व्यक्तिको कोरोना बिमा पनि हुँदैन भनिएको छ । एकल व्यत्तिको कोरोना बिमालेख जारी नहुने पनि मापदण्डमा उल्लेख छ । त्यसैगरी बीमा समितिले सरकारले मान्यता दिएका निजी अस्पताललको रिपोर्टलाई समेत मान्याता दिने भएको छ । अव निजी अस्पतालका सक्कली कोरोना पोजेटिभ रिपोर्टभएमा दावी दिनुपर्नेछ ।

त्यसैगरी कोरोनाको संक्रमित भइ बीमित अस्पताल बसेमा ७५ प्रतिशत औषधि उपचार खर्च दिने मापदण्डमा उल्लेख छ । निर्जीवन बिमा कम्पनीहरुले उठाउँदै आएको स्वास्थ्य बीमाको मोडलमा कोरोना बीमाको मापदण्ड आएको हो ।

सम्बन्धित खबरहरु