काठमाडौं । कक्षा १२ का विद्यार्थीले जीवनत्याग गरेका छन् । भारत, उत्तर प्रदेशको भोपालको रातीबडमा सल्फास खाएर एक विद्यार्थीले जीवनत्याग गरेका हुन् ।

 

उनी सल्फास खाएर जेठो दाइको पसलमा पुगेका थिए, जहाँ दाईले आँखा रातो भएको देखेर सोधपुछ गरेका थिए । भाई तिमीलाई के भयो ? भनेर सोध्दा केहि बोल्नु भन्दा पहिले ति छात्रको जिब्रो लर्बराउन थाल्यो । त्यसपछि उनले बान्ता गर्न थालेको दाईले जानकारी दिएका छन् ।

 

परिवारले उनलाई तत्काल अस्पताल लग्यो । तर उनको ४ बजे आसपास मृत्यु भयो । उनको साथबाट कुनै नोट फेला नपरेको बताइएको छ । परिवारका सदस्यहरूको पनि कुनै बयान लिइएको छैन । यस कारण जीवनत्यागको कारण थाहा हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

 

 

जगन्नाथपुरी रातीबड निवासी दीप सिंहको नीलबादमा हार्डवेयर पसल छ । राशीबाध प्रहरी चौकी अनुसन्धान अधिकारी सन्तोषले दिएको जानकारी अनुसार दीप सिंहका जेठा छोरा कृष्णपाल सिंह आइतबार दिउँसो करिब ३ बजेतिर पसलमा थिए । यसैबीच, उनका १८ वर्षीय कान्छो छोरा रवि जो कक्षा १२ मा अध्ययनरत थिए । छोरा अचानक पसलमा पुगे । रविको अवस्था केही नराम्रो देखिन्थ्यो । आँखा रातो भएको थियो ।

 

कृष्णपालले रविलाई किन आँखा रातो छ भनेर सोधेका थिए । यसमा, रविले केहि भन्न कोशिस गरे, तर बोल्न सकेनन् । अचानक उनलाई बान्ता हुन थाल्यो । यसबाट डराएर कृष्णपालले घरमा रहेका परिवारलाई पसलमा बोलाए । उनीहरूले रविलाई तत्काल शाहपुराको निजी अस्पतालमा लगे । उनलाई आईसीयूमा राखिएको थियो ।

 

तर ४ बजेतिर डाक्टरहरूले उनलाई मृत घोषित गरेका हुन् । मृतकका काका जसवन्तले प्रहरीलाई रविले जीवनत्याग गर्नुपर्ने त्यस्तो कुनै कारण आफुलाई जानकारी नभएको बताएका छन् । उनले भने, ‘हामी सबै सँगै बस्ने गर्थ्यौं । यस्तो केहि भएन । यसवर्ष, रवि ११ कक्षा पास गरी १२ कक्षामा पुगेका थिए । उनले कसैलाई केही भनेका छैनन् ।’ दैनिक भास्करबाट

सम्बन्धित खबरहरु