काठमाडौ । भारत बिहारका ४२ वर्षीय शम्भु महतोले नेपाललाई कर्मभूमि बनाएको दुई दशक नाघ्यो। मोतिहारीको पूर्वी चम्पारण पोस्ट संग्रामपुरस्थित घर छाडेर नेपाल पसेपछि उनी केही वर्ष बारामा बसे। स्थानीयसँग राम्रैसँग घुलमिल भए। त्यहाँ मजदुरी गरेर गुजारा चलाउँथे। उनी केही समयपछि भारत नै फर्किए। नितुदेवी मीरासँग विवाह गरे। विवाहपछि जीवन धान्न धौधौ पर्‍यो। दुई छोरा भएपछि झनै सकस भयो। जन्मथलोमा काम पाएनन्। उनी नेपालै आए।

 

यसपटक उनी बारा होइन, काठमाडौं पसे। काठमाडौं आएपछि सार्वजनिक यातायातमा सहचालक भए। आम्दानी हुन थालेपछि उनले परिवारलाई पनि यतै ल्याए। पहिले गाडीमै बास बस्ने उनले कीर्तिपुरको नगाउँमा डेरा लिए। जेठो छोरा राहुल र कान्छो छोरा राजलाई भत्केपाटीस्थित बालकुमारी स्कुलमा भर्ना गरिदिए। कीर्तिपुरमै उनको कान्छो छोरो जन्मियो।

 

 

उनी १४ महिनाअघि कीर्तिपुर–७ भाजंगलमा सरे। भूकम्पले चर्किएको घर मासिक ४ हजारमा भाडा लिएर बसे। त्यहाँ घरबेटी बस्दैनथे। नयाँ ठाउँमा सरेपछि छोराहरूलाई पनि त्यही नजिकैको वैष्णवी माविमा भर्ना गरिदिए। जेठा राहुल १०, माइला राज ८ र कान्छो रोशन १ कक्षामा अध्ययनरत छन्।

 

शम्भु मजदुरी गरेर तीन छोरासहितको परिवार चलाइरहेका थिए। कहिले सार्वजनिक यातायातमा सहचालक त कहिले फलफूल तथा तरकारी व्यवसाय गर्थे। खाली समयमा पाएको काम गर्थे। स्थानीयसँगको सम्बन्ध राम्रै थियो। सबैले माया पनि गर्थे।

 

नसोचेको ब#ज्रपा#त

उनको परिवारमा शुक्रबार नसोचेको ब#ज्रपा#त आइलाग्यो। घरबेटीले पानीको निहुँमा कु#टपि#ट गर्दा शम्भुको ज्यान गयो। उनको परिवार शोकमा परेको छ। तर, कसरी गुजारा चलाउने र तीन छोराको लालनपालन कसरी गर्ने भन्ने चिन्ताले नितुदेवीलाई सताउन थालेको छ। यो परिवार शुक्रबार नै नयाँ कोठामा सरे पनि त्यहाँ बस्न सकेका छैनन्। उनीहरू दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै दिनरात महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा धर्ना दिइरहेका छन्।

 

नितुदेवीले आफूलाई न्याय र परिवारको लालनपालनका लागि उचित व्यवस्था गरिदिनुपर्ने बताइन्। ‘हाम्रो सम्पत्तिका नाममा केही छैन। भारतमा पनि जमिनको नाममा एक टुक्रा पनि छैन। परिवारको सहारा नै नभएपछि तीन-तीन जना छोराको लालनपालन कसरी गर्ने ? ’, उनले प्रश्न गरिन्, ‘बितेको मान्छे फर्किने कुरा भएन। त्यसैले हामीलाई न्याय चाहिन्छ। परिवारको लालनपालनको व्यवस्था हुनुपर्छ।’

 

कोठा सरेपछि घटना

शम्भुका माइला छोरा राजले लकडाउन र निषेधाज्ञाका कारण घर भाडा तिर्न नसकेको बताए। उनीहरू तरकारी र फलफूल बेचेर बल्लतल्ल गुजारा चलाइरहेका थिए। उनले घरबेटी प्रेमकृष्ण महर्जनलाई केही समयपछि एकमुष्ठ भाडा दिने भनेका थिए। तर, घरबेटी महर्जनले भाडा नदिए तुरुन्त कोठा सर्न दबाब दिए। लगातारको दबाबपछि उनले अघिल्लो साता १२ हजार रुपैयाँ घरबेटीलाई दिए। एक महिनाको एड्भान्स दिँदा पनि महर्जनले घर छोड्न दबाब दिए।

 

‘हामीले एक महिनाको एड्भान्ससमेत दिएका थियौं’, नितुदेवीले भनिन्, ‘पैसा लिएपछि हामीलाई झन् नराम्रो व्यवहार गरे। घर छाडेर जान ध#म्क्या#ए।’ उनका अनुसार घरबेटीका अरू परिवारले पनि पटक–पटक द#बाब दिएपछि शम्भु कोठा खोजीमा लागे। उनले पहिले बसेको नजिकै कोठा पाए र केही सामान ओसारे। केही सामान पुरानै डेरामा भएकाले उनी शुक्रबार पनि सामान ओसारिरहेका थिए।

 

शुक्रबार शम्भु पुरानो डेरामा जारमा पानी भर्दै थिए। ड्रममा राखेको पानी जारमा राखेर उनी नयाँ डेरामा लैजाँदै थिए। उनले पानी खन्याइरहेका बेला घरबेटी महर्जन त्यहाँ पुगे। उनले पानी नलैजान भने। तर, शम्भुले आफूले जम्मा गरेको पानी लैजाने जिद्दी गरे।

 

त्यही विवादमा घरबेटी महर्जनले ढोकाको गजबार निकालेर शम्भुको को#खा#मा हि#र्का#ए। शम्भु चि#च्या#एपछि घरभित्र रहेकी नितुदेवी बाहिर निस्किन्। दौडिएर बाहिर आउँदा घरबेटी महर्जनले गजबारले हि#र्का#इरहेका थिए। ‘बाहिर बुढा कराएको सुनेर हतारहतार बाहिर निस्किँदा घरबेटीले ढोकाको ग#जबारले हि#र्काइ#रहेका थिए। मैले छुटाउन खोज्दा नसकेपछि क#राएँ र वरपरका मानिसहरू आएर छुट्याए’, उनले भनिन्।

 

अरूले छुट्याउन खोज्दाखोज्दै शम्भु अलि पर गएर ढले। स्थानीयले नै प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उद्धार गरी कीर्तिपुर अस्पताल पुर्‍याएको थियो। अस्पताल लगेको केही समयपछि चिकित्सकले शम्भुलाई मृत घोषित गरेका थिए।

 

कीर्तिपुर अस्पतालमा मृत्यु भएका शम्भुको श#व पो#स्टमा#र्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको छ। पो#स्टमा#र्टम गर्न परिवारको पनि सहमति आवश्यक पर्छ। तर, शम्भुका परिवारले सहमति दिँदा केही समय ढिला भएको र मंगलबार मात्र पो#स्टमा#र्टम रिपोर्ट आउने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

 

‘परिवारले सहमति नदिँदा पो#स्टमा#र्टम गर्न केही समय लाग्यो। सोमबार परिवारले सहमति दिइसकेकाले मंगलबार रिपोर्ट आउँछ’, प्रवक्ता राठौरले भने।

 

नितुदेवीले भने घरबेटीका परिवारका सबै सदस्यलाई पक्राउ नगरी श#व नबुझ्ने अडान राखेकी थिइन्। उनले शनिबार ६६ वर्षीय महर्जन, उनकी ६३ वर्षीया श्रीमती, दुई छोरा र दुई छोरीविरुद्ध किटानी जाहेरी दिएकी छन्। उनको जाहेरीका आधारमा प्रहरीले महर्जनसँगै उनका दुई छोरा परमेश्वर र प्रमोद महर्जनलाई पनि पक्राउ गरेको छ। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अदालतले एक साताको म्याद दिएको प्रवक्ता राठौरले बताए।

 

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा शम्भुको को#खामा चो#ट देखिएको छ। अन्यत्र बाहिरी चो#टप#टक भने छैन। पो#स्टमा#र्टम रि#पोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

 

उद्धार गर्न ढिलाइ

एक स्थानीयका अनुसार कु#टा#इबाट लडेका शम्भुलाई समयमै अस्पताल पुर्‍याउन पाएको भए ज्या#न जोगिन सक्थ्यो। शम्भुले र#क्सी से#वन पनि गरेको भन्दै प्रहरीले उद्धारमा ढिलाइ गरेको उनले बताए। ‘र#क्सी से#वन गरेर ढलेको भन्दै प्रहरीले केही समय उद्धार नै गरेनन्’, उनले भने, ‘समयमै अस्पताल पुर्‍याउन सकेको भए उनको ज्या#न जोगिन्थ्यो।’ उनका अनुसार साढे १२ बजे घटना भए पनि प्रहरीले शम्भुलाई २ बजे मात्रै अस्पताल पुर्‍याएको थियो।

 

प्रवक्ता राठौरले भने घटना थाहा पाउनेबित्तिकै घटनास्थलमा पुगेर शम्भुको उद्धार गरेर अस्पताल पुर्‍याएको बताए। ‘प्रहरीले खबर पाउनासाथ समयमै पुगेर उद्धार गरेर अस्पताल पुर्‍याएको हो’, उनले भने, ‘प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरेको छ।’ यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

सम्बन्धित खबरहरु