भर्ना, पढाउन र परीक्षा बारे सरकारले भर्खरै लियो यस्तो निर्णय

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ३० भदौ, २०७७

काठमाडौं । चर्को जनदबाबले निषेधाज्ञा खुकुलो बनाए पनि असोज १ गते विद्यालय पठनपाठनका लागि नखुल्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता दिपक शर्माले मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार असोज १ गतेदेखि विद्यालय भर्नाको लागि मात्र खुल्ने बताए ।

 

उनका अनुसार कोरोना महामारी नियन्त्रणमा नआएका कारण अहिले नै भौतिक रुपमा कक्षा सञ्चालन गर्न सकिँदैन । शिक्षा विभागले पनि दूर शिक्षा प्रणाली या वैकल्पिक माध्यमबाट मात्रै विद्यालयस्तरको पढाइ हुने जानकारी दिएको छ । यसका लागि मन्त्रालयले सिकाइ सहजीकरण निर्देशिका २०७७ गत साता सार्वजनिक गरेको थियो ।

 

 

त्यसमा विद्यार्थीमा प्रविधिको पहुँचका आधारमा ५ वटा माध्यमबाट पढाउन निर्देशन गरिएको छ । रेडियो, टेलिभिजन, कम्प्युटर, इन्टरनेट भएरनभएको आधारमा कक्षा सञ्चालन गर्न भनिएको छ । तर दुई तिहाई बालबालिका अझै दूर शिक्षाको पहुँचमा नभएको युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । चैतदेखि बन्द भएका शिक्षण संस्था अझैसम्म खुल्न सकेका छैनन् । विद्यालय बन्द हुँदा ८७ लाख बालबालिका पढ्न पाउने अधिकारबाट वञ्‍चित छन् ।

सम्बन्धित खबरहरु