काठमाडौ । सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीकै अनुसार सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

 

कार्यकाल नथपिएपछि खतिवडाले यही भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । राष्ट्रियसभा सदस्य हुँदा २ वर्ष अर्थमन्त्री बनेका खतिवडा सांसदको पदावधि सकिएपछि पनि ६ महिनाका लागि अर्थमन्त्री भएका थिए ।

 

 

राष्ट्रियसभामा पुनः सिफारिस गर्ने चर्चा चले पनि सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेपछि खतिवडाको सांसद हुने बाटो सकिएको थियो ।

सम्बन्धित खबरहरु