काठमाडौं । नेपालसहित विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) को उद्गम स्थललाई लिएर एक नयाँ खुलासा भएको छ । अमेरिका र चीन एकअर्कालाई आरोप लगाउँदै बसेका छन् । तर यस्को असर सिंगो विश्ले भोग्दैछ ।

 

चीनकी एक महिला डाक्टरले कोरोनाभाइरस वुहानको सरकारी प्रयोगशालाबाट उत्पन्न भएको दाबी गरेकी छिन् । डा. ली मेङ्ग यानका अनुसार उनी वुहानको समान सरकारी प्रयोगशालामा निमोनिया सम्बन्धी अनुसन्धान गरिरहेकी छिन् जहाँबाट कोरोनाभाइरसको उत्पत्ति भएको थियो ।

 

यानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौंदेखि भनेको कुरा दोहोर्याएकी हुन् । ट्रम्पले मेमा भनेका थिए, ‘हामी सही समयमा विश्वमा प्रमाण राख्नेछौं कि कोरोना वुहानको प्रयोगशालाबाट बाहिर आएको चिनियाँ षडयन्त्र हो ।’

 

 

एक युके टिभी टक शोमा, यानले भनिन, ‘वैज्ञानिक प्रमाण छ कि कोरोनाभायरस वुहानको सरकारी प्रयोगशालाबाट आएको हो । म यो प्रमाणित पनि गर्न सक्छु । यो जानाजानी तयार गरिएको थियो । वुहान यस भाइरसको केन्द्रबिन्दु थियो । संसारलाई छक्याउने षड्यन्त्र लुकाउने प्रयास पनि गरियो ।’

 

डाक्टर ली मेङ्ग यान बेइजिङकी हुन् । पेशागत रुपमा उनी भाइरोज र इम्यूनोलोजिष्ट हुन् । उनी हङकङमा पनि बस्छिन् । उनी त्यहाँबाट हालै अमेरिका गएकी हुन् । यानले भनिन, ‘जब कोरोनाभाइरस फैलिन थाल्यो, मैले आफ्नो अफिसरलाई यसबारे जानकारी गराएँ ।

 

विशेष कुरा के हो भने ती अधिकारीहरू डब्ल्यूएचओका परामर्शदाता पनि हुन्, तर उनीहरूले मेरो कुरालाई वेवास्ता गरे । सबैले मलाई यो सब बन्द गर्न भने । मलाई यो पनि भनिएको थियो कि यदि मैले यस बारे मा आफ्नो मुख खोलें भने, म हराउन सक्छु ।’

 

अमेरिकाले चीनलाई वुहान प्रयोगशालाको सत्य लुकाएको आरोप लगाउँदै आएको । विश्व स्वास्थ्य संगठनले पनि यसमा सहयोग गरिरहेको अमेरिकाको आरोप छ । ट्रम्पले डब्ल्यूएचओ कोषमा पनि प्रतिबन्ध लगाएका छन् । यो अझै जारी छ ।

 

यानको दाबी छ कि उनले चिन मुलका एक अमेरिकी अमेरिकी युट्यबरसँग सम्पर्क गरेर उनले सि जिनपिङ सरकारको षडयन्त्रको खुलासा विश्वसामु ल्याएकी हुन् । यानका अनुसार वुहानको यो प्रयोगशाला चिनियाँ सेनाको अधिनमा छ । यानले आफु छिट्टै यो चिनियाँ षडयन्त्रको बारेमा प्रमाण पेश गर्ने दावा गर्छिन । अहिले उनी यस सम्बन्धमा प्रतिवेदन तयार गर्दैछिन् ।

सम्बन्धित खबरहरु