काठमाडौं । ३६ वर्षीया चर्चित दक्षिण कोरियन अभिनेत्री ओह–इन–हाई मंगलबार बिहान उनको निवासमा मृत फेला परेकी छिन् । अभिनेत्री ओह–इन–हाई यहाँको येओशु जिल्लाको सोंगडो इन्टरनेशनल सिटीमा रहेको उनको घरमा मृत फेला परेकी हुन् । ह्रदयघातका कारण उनको मृत्यु भएको कोरियन सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

 

प्यारा मेडिक्सहरूले ओह–इन–हाईलाई सीपीआर प्रदान गरे, जब उनलाई नजिकैको इन्हा विश्वविद्यालय अस्पतालमा लगियो । तर अस्पतालले उनलाई मृत घोषणा गर्दिएको हो । यसकारण उनको आफ्नै निवासमा नै निधन भइसकेको हुनसक्ने जनाइएको छ ।

 

 

ओह–इन–हाईले सन् २०११ मा फिल्म ‘सिन अफ फ्याम्ली’ बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी थिईन् । अक्टूबर २०११ मा १६औं बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको उद्घाटन समारोहमा अभिनेत्रीले धेरै हलचल मच्चाइन् । त्यसबेला उनले सुन्तला रंगको पोशाक लगाएर आएकी थिइन् । उनको फिल्म ‘रेड भ्याकेशन ब्ल्याक वेडिङ्ग’ त्यो वर्ष फिल्म फेस्टिभलमा प्रदर्शित भएको थियो ।

 

 

उनले सन् २०१३ मा ‘नो ब्रीथिङ्ग’ र सन् २०१४ मा ‘द प्लान’ जस्ता फिल्महरूमा अभिनय पनि गरेकी थिइन् । उनले सन् २०१८ मा नाटक ‘येओनाम–डोङ्ग ५३९’ मा विशेष उपस्थिति जनाएकी थिइन् । उनले पछिल्लोपटक सेप्टेम्बर १२ मा इन्स्टाग्राममा गरेको अन्तिम पोस्टमा सबैलाई हप्तातन्तको शुभकामना दिइएको छ । उनले केही सेल्फीहरू सेयर गरेकी थिइन् । उनले १२ सेप्टेम्बरमा उनको यूट्यूब च्यानलमा छाला–हेरचाह ट्यूटोरियल भिडियो पनि सेयर गरेकी थिइन् ।

 

 

मृत्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । कोरियाली सञ्चारमाध्यमहरुमा भएका धेरै रिपोर्टका अनुसार जीवनत्यागको कोण पनि बाहिर आएको छ । अनको अन्तिम संस्कार भोलि अर्थात १६ सेप्टेम्बरमा हुनसक्ने अनुमान गरिएको छ ।

 

सम्बन्धित खबरहरु