काठमाडौं । धर्मशास्त्रका अनुसार चलिरहेको श्राद्धको दिनमा मानिसहरूले आफ्ना परलोकमा भएका पिताको आत्मले खुशी पाउने कामनासहित, दान र पिताको उमेरका मानिसहरूलाई खाना दिन्छन् । तर यसको विपरित, त्यहाँ केहि बाबुआमाहरू छन् जोसँग सबथोक भए पनि, उनीहरूको घरमा बस्ने भाग्य छैन । विशेष गरेर अहिलेको समयमा धेरै एक परिवारहरू छन् जसले वृद्ध आमाबुबालाई बुढेसकालमा छोडेका छन् । तिनीहरू बैंक व्यवस्थापक देखि सरकारी अधिकारी सम्म रहेका छन् ।

 

 

 

उमेर हुँदासम्म छोराछोरी भनेर हिडेका बाआमालाई वृद्ध भएपछि पानी सोध्ने मान्छेसम्म हुँदैन । भारतमा एक यस्ता वृद्ध मानिस फेला परेका छन्, जो एक रिटायर शिक्षक हुन्, दुई छोरा विदेशमा, दुई उद्योगपति छन् । तर पनि बालाई सँगै राख्न सकनेनन् । अन्त्यमा ति वृद्ध बाले वृद्धाश्रम पुग्नुपर्यो ।

 

 

सबथोक भएर पनि केही नभएकाहरुका लागि बाँच्न आशाको किरण सरस्वती देवी मुद्रा च्यारिटेबल ट्रस्ट (आफ्नो घर) र गाउँ दुलाची माजरा र रोपार मोरिन्डामा रहेको ‘जिउँदो जीव बेसहारा आश्रम’ हो । वृद्धाश्रममा बस्ने व्यक्तिको लागि त्यहाँको व्यवस्थापन समितिका सदस्यहरू ईश्वरभन्दा कम हुँदैनन् ।

 

 

नेपालसहित विश्वभर अहिले वृद्धाश्रम र होस्टलहरु सञ्चालनमा आएका छन् । वृद्धाश्रमलाई सामाजिक कार्यको रुपमा हेर्ने गरिएको छ । यो मान्छेहरुको सहयोगमा चल्ने गर्दछ । यसमा सम्पन्न परिवारका छोराबुहारीहरुले आफ्ना मातापितालाई छोडेर जान्छन् । होस्टल भनेको पनि अहिलेका व्यस्त आमाबाबुले बच्चा साथमा भए आफ्नो काम रोकिने भन्दै सानै उमेरमा अरुलाई जिम्मा लगाएर जान्छन् ।

 

 

तर अहिलेको समयमा घर भन्दा बाहिर अध्यानका लागि जाने उमेर पुगेकाहरुले सजिलोको लागि पनि होस्टल प्रयोग गर्ने गरेका छन् । होस्टल ठ्याक्कै सामाजिक कार्य भने होईन । बाआमा नभएका बच्चाहरुका लागि बालआश्रमहरु सञ्चालन गरिएका हुन्छन् । जहाँ अनाथ बालबालिकाहरुको हेरचाह गर्ने गरिन्छ ।

सम्बन्धित खबरहरु