काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतको ठुलो झुट बाहिर आएको छ । सोमबार बिहान ‘वाई सुरक्षा’ का साथ मुम्बईबाट चन्डीगढ आइपुगेकी कंगनाले ठुलो झुट बोलेकी हुन् । कंगना आइपुगेको खबर पञ्जाब पुलिस र चन्डीगढ़ विमानस्थलको सुरक्षा शाखामा पहिल्यै थियो ।

 

त्यसकारण, प्रहरीले विमानस्थलमा डीएसपीको नेतृत्वमा सुरक्षा फोर्स खटाएको थियो । डीएसपी जतिन्दर पाल सिंहले भने, ‘कंगनाको सुरक्षा अन्तर्गत पञ्जाब प्रहरीका एक डीएसपी, २२ प्रहरी, ६ कमाण्डो र करीव १० सीआईएसएफका जवान खटाइएको थियो ।

 

 

कंगना विमानस्थल टर्मिनलबाट बाहिर आउने बित्तिकै सीआईएसएफ र पञ्जाब प्रहरीका जवानबाट घेरिएकी थिइन् । मोहाली छोडेर कंगनाले सामाजिक सञ्जालमा एक झुटो दावा गरेकी थिइन् । उनले भनेकी थिइन, ‘मेरो सुरक्षा चन्डीगढमा अवतरण गरेपछि नाममात्र भएको छ ।’ तर वास्तवमा कंगनाको सुरक्षामा कुनै कमी आएको छैन ।

 

जब कंगना गत हप्ता चन्डीगढ़बाट मुम्बई गएकी थिइन् त्यो बेलामा जुन सुरक्षा दिइएको थियो सोमबार पनि उनले त्यो नै संख्यामा सुरक्षाकर्मी पाएकी हुन् । एसएसपी कुलदीप सिंह चहलले भने, ‘कंगनालाई प्रोटोकल अन्तर्गत सुरक्षा प्रदान गरिएको थियो । पञ्जाब प्रहरीका कर्मचारीहरू विमानस्थल टर्मिनलबाट ट्रेनमा खडा थिए जहाँ कंगना बसेकी थिइन् । १०० मिटरको परिधिभित्र करिब २२ जवानहरू तैनाथ थिए ।’

 

जब कंगना मनालीको लागि आफ्नो कारमा गइन्, पञ्जाब प्रहरीका गाडीहरू पछाडि पछाडि थिए । दुबै गाडीमा करीव ६ देखि ८ जवानहरू थिए । लगभग ३७ सिपाहीहरू रोपार सिमानासम्म पुग्ने सडकको चौबाटोमा राखिएको थियो । त्यसकारण कंगनाले नाममात्रैको सुरक्षा थियो भनेर गरेको दावा गलत भएको हो ।

सम्बन्धित खबरहरु