काठमाडौ । विश्वमा केही घटना अत्यन्तै अनौठा हुने गर्दछन् । चोरिका घटनाहरुपनि निकै हुन्छन् । यस्तै एउटा अचम्मको चोरिको घटना भारतको पश्चिम बङ्गालमा भएको हो। समचारका अनुसार एउटा चोरले भारु ४५ हजार ने.रु. पर्ने मोबाइल फोन चोरी गरेका थिए।

 

तर ती चोरले उक्त फोन चलाउन नजानेपछि मोबाइल मालिकलाइ नै फिर्ता गरिदिएका छन्।यो घटना पश्चिम बङ्गालको बद्रधमान जिल्लामा घटेको हो। फोनका मालिकले आफ्नो फोनमा फोन गर्दा चोरले फोन उठाएर आफुले फोन कसरी चलाउने भन्ने नजानेकोले आफुले फोन फिर्ता गर्न चाहेको बताए।

 

 

पुलिसका अनुसार पुर्बी वद्रधमान जिल्लाको जमालपुरस्थित एक मिठाई पसलमा गएको सेप्टेम्बर ४ का दिन एक ब्यक्तिले करिब भारु ४५ हजार पर्ने मोबाइल फोन झुक्किएर छाडेर गए। पसलको काउन्टरमा भएको फोनलाइ ४४ बर्सिय एक व्यक्तिले चोरी गरेर लिएर गए। त्यसपछी फोनका मालिकले उक्त हराएको फोन बारे पुलिसमा उजुरी दिए।

 

तर ती फोनका मालिक त्यतिखेर आस्चर्यचकित भए जब केही दिन पछाडी चोरले उनको फोन चलाउन नजानेको भनेर उनलाई फिर्ता गरिदिए। अहिले यो खबर हासि मजाक क्याप्सनमा खुबै सेयर भइरहेको छ ।

सम्बन्धित खबरहरु