‘भूकम्पपछि ठूलो पहिरोको डर, अलर्ट रहन प्रशासनको आदेश

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ३१ भदौ, २०७७

काठमाडौं । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहानै ६ म्याग्निच्युटको भूकम्प गएपछि सिन्धुपाल्चोक क्षेत्रमा ठूला पहिरोको जोखिम बढेको छ । त्यहाँ भूकम्पकै कारण हालसम्म क्षतिको कुनै विवरण नआएपनि यसले पहिरोको जोखिम बढाएको त्यहाँका अधिकारीहरुले जनाएका छन्। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले अहिलेसम्म कुनै क्षति नभएको जानकारी दिए। यद्यपी यसले पहिरोको जोखिम भने बढाएको ढकालको भनाइ छ।

 

त्यस्तै सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले पनि जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको बताए। २०७२ सालको भूकम्पले सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक जिल्लामै भएको थियो। सो भूकम्पका कारण जमिन कमजोर भएकाले यस वर्षको वर्षामा पहिरोले पनि सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमै पुर्याएको छ।

 

६ म्याग्निच्युटको भूकम्प ठूलो नै हो । पानीले गलेको जमिन भत्किने जोखिम धेरै छ । यसैले सुरक्षा निकाय र सम्भावित उद्धार टोली अलर्ट राखेका छौ त्यहाँका अधिकारीहरुले बताए ।

सम्बन्धित खबरहरु