काठमाडौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै पुर्ननियुक्ति गर्ने व्यापक चर्चा चलिरहेका बेला सरकारले लेखनाथ कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। कुलमान घिसिङको ४ वर्षे कार्यकाल पूरा हुनु अघि नै कार्यकारी निर्देशकका बारेमा मुलुकमा विभिन्न तह र तप्कामा व्यापक वहस हुँदै आएको थियो ।

 

 

 

जनमत घिसिङकै पक्षमा देखिए पनि सरकारले उनका पक्षमा निर्णय गर्न सकेन । प्राधिकरणले घिसिङलाई हिजो औपचारिक विदाइ गरेको छ । नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक १२ औं तहमा कार्यरत कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले बताएको छ। उनी प्राधिकरणका बरिष्ठ अधिकारी हुन् । बरिष्ठताका आधारमा उनलाई नियुक्त गरेको मन्त्रालय स्रोतको दावी छ ।

 

सम्बन्धित खबरहरु